-नाम्सादिम संवाददाता
पाैष १८, काठमाडौं/ ‘मिस तामाङ २०१९’का लागि फाराम खुल्ला गरेकाे एभरेष्ट फेसन होमकी अध्यक्ष रञ्जिता ब्लोनले पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरेर यस बर्षकाे विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने पनि उनले जानकारी दिइन् ।

मिस तामाङकाे प्रतिस्पर्धामा भाग लिनका लागि तामाङ हुनुपर्ने, १६ वर्षदेखि २८ वर्ष उमेर समुहको हुनुपर्ने, कम्तीमा ५ फिट उचाई हुनुपर्ने बताइन् । यस प्रतिस्पर्धामा भाग लिन विश्वका जुनसुकै देशमा रहेका तामाङ युवतीहरूले सहभागिता जनाउन सक्ने उनकाे भनाइ छ ।

फाराम भर्न चाहनेहरुले आगामी माघ ४ गतेसम्ममा एभरेष्ट फेशन होम, पुतलीसडकमामा फाराम बुझाइसक्नुपर्नेछ ।  मिस तामाङका लागि प्रारम्भीक छनौट माघ ५ गते हुने आयोजक एभरेष्ट फेशन होमका ब्लाेनले बताइन् । प्रारम्भिक छनौटमा परेकाहरुलाई आत्मविश्वास, व्यक्तित्व विकास तथा सँस्कृति जागरण लगायतका विभिन्न विषयका माघ ७ गते देखि एक महिने तालिम शुरु गर्ने छन् ।

एभरेष्ट फेसन होमकी अध्यक्ष रञ्जिता ब्लोन

‘मिस तामाङ २०१९’ को विजेतालाई १ लाख नगद, सिल्बर क्रोउन र गिफ्ट हेम्पर दिइने भएकाे छ । यसैगरी फस्ट रनर अपलाई ५० हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्पर, सेकेन्ड रनर अपलाई २५ हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्परको व्यवस्था गरिएको छ । १० जनालाई भने विभिन्न सबटाईटल अवार्ड प्रदान गरिनेछ ।

तामाङ कला, सँस्कृति, भेषभुषा, बाजा, रीतिरीवाज तथा धर्मको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले मिस तामाङ आयोजना गर्दै आएकाे ब्लाेनले बताइन् । मिस तामाङको फाइनल फागुन १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जनाएको छ।

Comments

comments

SHARE