पाैष १६, काठमाडाैं/ आस्मान लोप्चनको नयाँ सेलो गीत “लेकमा जाँदा” को म्युजिक भिडियो सार्वजनिक भएकाे छ । उक्त भिडियाेलाई नेपाल युट्युब च्यानल मार्फत् सार्वजनिक गरेकाे छ । भिडियाेलाई आइतबार सार्वजनिक गरेकाे हाे । भिडियाेकाे निर्देशन बुद्ध लामा तामाङले गरेकाे छ भने छायांकन बासु बरालले गरेकाे छ ।

बुद्ध लामा तामाङले धेरै तामाङ र सेलाे गीतकाे भिडियाेहरूमा निर्देशन गरीसकेका छन् । यसैगरी सेलो गीत संगितमा आफ्नो एउटा छुट्टै पहिचान बनाईसकेका सिन्धुपाल्चोक जिल्लामा जन्मेका सेलो गायक लाेप्चनकाे नयाँ गीत हाे याे ।
पछिल्लाे समय प्रितम तामाङ गीत संगीत संग-संगै पत्रकारीतालाई पनि अगाडि बढाई रहेकाे छ ।

गीतमा शब्द संगित तथा स्वर स्वयम् गायककै रहेकाे छ । भिडियोमा दुई युवक लेकमा घुम्न जाँदा एउटि तामाङनीलाई देखेपछी दुई साथिहरुले तामाङ्नीसंग बिताएका पलहरुलाई उतारेका छन् ।

भिडियाेमा अभिनय आस्मान लोप्चन र सन्चारकर्मी प्रीतम तामाङ र ममता मोक्तानले गरेका छन् । यस अघि पनि प्रितम तामाङ र आस्मान लोप्चनले भिडियाेमा संगै खेलेका थिए । यस अघिकाे भिडियाेलाई दर्शकले मन पराएका थिए भने यस पटककाे गीतले पनि दर्शकहरूकाे मन जित्न सक्ने प्रितम तामाङले बताए ।

Comments

comments

SHARE