-सुनिल लामा
यु.ए.ई / तामाङ समाज यु.ए.ई.ले यही फेब्रुअरीको ८ तारिखको दिन सोनाम ल्होछार मनाउँने भएकाे छ । आफ्नो स्थापनाकाल देखि कार्यक्रम गर्दै आइरहेकाे छ ।  तामाङ जातिको भाषा, कला, साहित्य, संस्कृतिकाे संरक्षणका लागि संस्थाले विभिन्न कार्यक्रमहरू गर्दै आएको  समाजका बर्तमान अध्यक्ष महेश मोक्तानले जनाए ।

बिगत झैं यस बर्ष पनि ‘तामाङ समाज यु ए ई को शान, तामाङ संस्कृति, तामाङ पहिचान’ भन्ने मुल नाराका साथ सेलो बिशेष साँझ सोनाम ल्होछार २८५५ फा ल्हो मनाउन नेपालबाट सेलो गायक संजीब वाईबालाई लाने भएकाे छ । साथै स्थानीय कलाकारहरुले पनि आ-आफ्नाे प्रस्तुति राख्ने संस्थाका उपाध्यक्ष उपाध्यक्ष तथा ल्होछार कार्यक्रम संयोजक भीम दोङले जनाएकाे छ ।

कार्यक्रम फेब्रुअरी–०८, २०१९ काल्टर्न टावर होटल देरा दुबईमा शुक्रबार राख्ने भएकाे छ । सन् २०१२ देखि नै समाजले  नेपालको ग्रामीण भेगमा रहेको, तामाङ बिद्यार्थीहरुको बहुल्यता रहेको सरकारी र गैरसरकारी निकायहरूबाट पहुँच नपुगेको बिद्यालयलाई हरेक साल एक लाख, एघार हजार शैक्षिक सहयोग रकम हस्तान्तरण गर्दै आएको तामाङले जनाए । शैक्षिक रकम हस्तान्तरण कार्यक्रमबाट काभ्रे, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकको, रसुवा र चितवन जिल्लाको ग्रामिण भेगमा रहेको बिद्यालयहरुलाई हस्तान्तरण गरिसकेकाे छ ।

Comments

comments

SHARE