–नाम्सादिम संवाददाता

पौष ७, यम्बु/ राजधानीमा शनिबार नियमित साहित्य वाचन कार्यक्रम सम्पन्न भएको छ । नियमित रुपमा महिनाको पहिलो साता नाङसाल क्लब नेपालले कार्यक्रम गर्दै आइरहेको छ ।

क्लबको यो ९८ औं श्रृङखला हो । ‘क्लबले मोक्खोन तामाङला गिक्खेन काअी, तामाङ ह्युल्बादा छोर्ना लाअी’ भन्ने मुल नाराका साथ संस्थाको स्थापना कालदेखि विभिन्न साहित्यिक गतिविधिहरु गर्दै आइरहेको छ ।

शनिबार भएको साहित्य वाचन कार्यक्रममा करिव एक दर्जन भन्दा बढी स्रष्ट्रहरुले आ–आफ्नो रचना सुनाएका थिए । कार्यक्रममा डुब्साङ तामाङ, मिथिला स्याङतान, उषा मोक्तान, राम बि दोङ, राजु तामाङ लगायतले कविता राखे । उक्त कार्यक्रममा वाइबा समाजका अध्यक्ष बिगेन्द्र वाइबा, संचारकर्मी तिर्थमान बल, नाम्सादिम छोरङान नेपालका अध्यक्ष तथा पत्रकार हिरामान बल तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष मिक्साङ वाइबाले तामाङ साहित्यको माध्यमबाट भाषा, धर्म, संस्कार संस्कृति संरक्षण गर्नका लागि महत्वपूर्ण भुमिका खेल्ने बताइन् । साथै क्लबको १०० औं भाग फरक तरिकाले कार्यक्रम संचालन गर्ने बताइन् ।

Comments

comments

SHARE