-बिद्यासागर योञ्जन

नेपालको इतिहासमा हरेक राजनीतिक परिबर्तनमा बि पि बादको अहम भूमिका रहेको छ । बिभिन्न काल खण्डमा रहेका निरङ्कूस शासन ब्यबस्थाहरु सम्माप्त गर्दै नेपाललाई आधुनिक विश्व राजनीतिमा प्रबेश गराउनुमा बि पि बाद (नेपाली कांग्रेस) कै महत्वपुर्ण भूमिका रहेको छ । तर, बिडमबना नेपाली कांग्रेस हरेक क्राम्तिकारी आन्दोलन र परिबर्तनमा बि पि का पुत्रहरु सधैं बिपक्षमा उभिएकाे देखिन्छ ।

०४२ सालको सत्याग्रह, ०४६ साल र ०६२/ ६३ को जन आन्दोलनमा बि पि पुत्र प्रकाश कोइराला बिपक्षमा उभिएका थिए । आज फेरी बि पि पुत्र सासंक कोइराला हिन्दू धर्मको नारा लिएर बि पि बादको बिपक्षमा उभिएका छन् । धर्मका बारेमा बि पि लाई सोधेका प्रश्नको उत्तर लिखितमा यस्तो रहेको थियो ।

नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउन चाहने व्यक्तिका रूपमा तपाईंलाई लिइन्छ नि ? नेपाल हिन्दूराज्य हुँदै होइन । कसैले हिन्दूराज्य हो भन्छ भने त्यो झेली मात्र हो । नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो । धर्मनिरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ । तसर्थ, मन्दिर वा प्रार्थनास्थल कुन हो भनेर छुट्याउनुपर्ने प्रश्न नै उठ्दैन । धर्म शासन गर्ने पद्दती होइन । यो एउटा अध्यात्मिक विश्वाश मात्रै हो । म पनि अध्यत्मबादी नै हुँ । आजको युगमा धर्मलाई शासन ब्यबस्थमा गाँस्न खोज्नु हास्यस्पद कुरा हो ।

विश्व ब्यापी लोकतान्त्रिक क्रान्ति, दर्शन र बिज्ञानले धर्मलाई शासन ब्यबस्थाबाट गल हत्याइ सकेको छ । विश्व आधुनिक युगमा प्रबेश गरेकै हो र बिज्ञान र दर्शनलाई स्वीकार्ने हो भने हामीले दैबी सिदान्तको आधारमा बनिने संबिधानको कुरा गरेर फेरी ढुङ्गे युगमा फर्केर आधुनिक विश्व जमातलाई चुनौती दिन मिल्छ ? हामीले शक्ती प्रिथक्तिकरणको आधारमा बनेको संबिधान स्वीकारी सकेपछी फेरी संबिधानलाई चुनौती दिन मिल्छ ? बि सि सुरु हुनु भन्दा अगाडि नै Plato ले तयार गरेका Ideal state बाट प्रभाबित भएर सोही सिद्दान्त परीकल्पना गर्दै अगाडि बढेका अमेरिका कहाँ पुगी सके तर हामी फेरी धार्मिक आधारमा बनेका शासन पद्दती अपनाउन खोज्दै जंग बहादुरले चलएका चलन, नियम कानुन नै ठीक छ भन्नु समय सापेक्षा र सान्धर्भिक कुरा हुन त ?  Natural law,human rights, science, philosophy र political theory लाई तिलान्जलि दिदै जङली युगको कुरा गर्दै भ्रममा पार्न खोज्दै दुनियाँलाई हसाउदै म उच्च शिक्षा प्राप्ती राजनीतिक विद्वान हुँ भन्नु अरु राजनीतिक शास्त्रका विद्यार्थीले विश्व राजनीतिलाई नबुझेका भनी ठान्नु हो ।

धेरैले नेपाली कांग्रेस यस महा समितिको बैठकले अधुनिक विश्व राजनीतिक पारीबेसलाई तुलना र समीक्षा गर्दै नेपालको राजनीतिक सन्धर्भलाई व्याख्या बिश्लेशन गर्दै पूर्ण बैज्ञानीक बिधान निर्माण गर्ने विश्वाश लिएका थिए । जस्ले नेपाली कांग्रेस र नेपाली जनताका भाग्य र भबिस्य निर्दिष्ट गर्न सकोस । तर यसका विपरित असंबैधानिक कुरा गरी धार्मिक विवाद ल्याइ नेपाली कांग्रेस जस्तो सर्ब धार्मिक पूर्ण प्रजातान्त्रिक पार्टिलाई एउटा सङ्किर्ण एकल धर्मिक पार्टिमा रुपान्तरण गर्ने कोशीस गरी रहेको देखिन्छ ।

राजाले फुकालेर गएको श्रीपेज कमल थापाले फर्काउने र हिन्दू धर्मका नारामा आफ्नै भाईलाई मनानीय बनाउदा पार्टी नै समाप्त भए । फेरी कांग्रेसले हिन्दू धर्म र श्रीपेजको कुरा ल्याएर यस्ताे लोक प्रियताका लागि नेपाली कांग्रेसलाई हिन्दूको मात्र पार्टी बनाउन खोजेर पार्टीलाई निस्प्राण र बिलएमान तिर उन्मुख गर्ने मुर्खाइ र अराजनितिक फोहरी खेल किन खेली रहेका छन ? के अब नेपाली कांग्रेसमा म जस्तो बुद्धिष्ट अनी मुस्लिम, क्रिस्चियन, नास्तिक र अन्य धर्म मान्ने सबैका साझा पार्टी बन्न सक्दैन ? के मैले बुद्धिष्टहरुको नेपाली कांग्रेस पार्टी खोज्नु पर्ने अवस्था आएको हो त ?

-(नेपाली काँग्रेस पार्टीको जिल्ला र केन्द्र सम्म विभिन्न तहमा रहेर काम गरिसकेका बिद्यासागर योञ्जन अहिले अमेरिकामा बसोबास गर्दै आएका छन् ।)

Comments

comments

SHARE