-नन्द कन्दङ्वा
नेपालको सन्दर्भमा आदिवासी भन्ने शब्द अंग्रेजी इण्डिजिनियसलाई बुझाउन प्रयोगमा ल्याइएको नेपाली परिस्थितिको शब्दवाली हो । यसैलाई बुझाउन नेपालमा कतिपयले मुलबासी, भुमिपुत्रजस्ता शब्दहरु प्नि प्रयोग गर्दछन् । शब्द जे प्रयोग गरे पनि त्यसको आशय र सार एउटै हो भन्ने बुझिन्छ ।

हाम्रो देशमा अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९ लाई संसदले अनुमोदन गरी आईएलओ मा बुझाएर नेपाल उक्त सन्धिको पक्ष राज्य भएपछि केहि गैरआदिवासी समुदायले हामी पनि आदिवासी हौं भनेर दावी गरिरहेको स्थिति छ । यो दावी गर्नुको पछाडी कि त आदिवासी भन्ने अर्थ र परिभाषालाई नबुझेर या हाल आदिवासी जनजाति भनिएकाहरुले आदिवासीको नाममा जुन मान्यता पाएका छन्, त्यसलाई बिथोल्न र धुमिल गर्ने उद्देश्य हुन सक्छ । अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९ को धारा १ को उपधारा १ मा व्याख्या गरिएको आदिवासी तथा जनजातिको बिशेषता र बुझाईलाई केहि जाति समुहले गलत ढंगले बुझेका हुनाले त्यसलाई स्पष्ट बनाउन र प्रष्ट्याउन जरुरी देखिन्छ ।

अन्तर्राष्ट्रिय कानून अनुसार आदिवासी
आइएलओ महासन्धि नं. १६९ को धारा १ को उपधारा १ मा आदिवासीलाई पहिचान गर्न ३ वटा समय अवस्थालाई आधार मानिएको छ । पहिलो अवस्था भनेको जुन मुलुक या भौगोलिक क्षेत्रमा उनीहरु बसोबास गरिरहेका छन्, त्यो मुलुक वा भौगोलिक क्षेत्रलाई अरुले बिजयी गर्दाको समयमा पूर्वदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ । दोस्रो अवस्था भनेको जुन मुलुक या भौगोलिक क्षेत्रमा उनीहरु बसोबास गरिरहेका छन्, त्यो मुलुक या भौगोलिक क्षेत्र औपनिबेशीकरण भएको बेला या सो बेलाभन्दा अघिदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ । या तेस्रो अवस्था भनेको बर्तमान राज्यको सिमाना निर्माण हुँदाको समय या सो समय पूर्वदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ ।

आइएलओ महासन्धि नं. १६९ को धारा १ को उपधारा १ मा आदिवासीलाई पहिचान गर्न ३ वटा समय अवस्थालाई आधार मानिएको छ । पहिलो अवस्था भनेको जुन भौगोलिक क्षेत्रमा उनीहरु बसोबास गरिरहेका छन्, त्यो क्षेत्रलाई अरुले बिजयी गर्दाको समयमा या समय पूर्वदेखि उक्त क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ

ब्राह्मण, क्षेत्री र दशनामीको अर्थहीन दावी
अन्तर्राष्ट्रिय कानूनले आधार मानेको ३ वटै अवस्थाले नेपालमा हामी पनि आदिवासी हौ भन्ने ब्राम्हण, क्षेत्री र दशनामीको दावी अर्थहीन हुन्छ । यद्यपी यी ३ वटै अवस्था एकैचोटी कहि पनि लागु हुदैन । नेपालको सन्दर्भमा समयको दोस्रो अवस्था अर्थात् जुन मुलुक या भौगोलिक क्षेत्रमा उनीहरु बसोबास गरिरहेका छन्, त्यो मुलुक या भौगोलिक क्षेत्र औपनिबेशीकरण भएको बेला या सो बेलाभन्दा अघिदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान नै आदिवासी हुन्छन् भन्ने कुरा सान्दर्भिक र लागु हुन्छ । केही मानिसहरु के बुझिरहेका छन् भने नेपाल कहिल्यै पनि कसैको उपनिवेश भएन, यसैले यस अनुसार आदिवासी बुझ्न सकिन्न । केही मानिसहरु औपनिबेशीकरणलाई राजनैतिक र शासन सत्तामाथि नियन्त्रणको अर्थमा मात्र बुझ्न खोज्दछन् । तिनीहरुले अंग्रेजीको कोलोनाइजेशन (औपनिवेशिकरण) र कोलोनी (उपनिबेश) लाई एकै ढंगले बुझिरहेका छन् । औपनिवेशीकरण भनेको उपनिबेश बनाउनु पूर्व हुने या प्रभाव पार्ने काम या बाहिरियाहरुको बसोबासको शुरुवात या रैथानेहरुको भाषा, संस्कृति, रहनसहन, आर्थिक पद्धति तथा जीवन पद्धतिमाथि बाहिरिया नवआगन्तुकहरुले अतिक्रमण गर्ने प्रकृया हो । यस प्रकृयाबाट क्रमशः अतिक्रमण गर्दै शाशन सत्ता लिने र नियन्त्रण गर्ने कामसम्म औपनिबेशिकरण हुन्छ । त्यस्तो सत्ताबाट शासित मानिसहरु उपनिबेशका जनता र देश तथा राज्य चाहि उपनिबेश हुन्छ । नेपालको सन्दर्भमा आर्य उत्भवका मानिसहरु र आर्य समुहहरु पछिबाट आए र रैथानेहरुमाथि क्रमशः प्रभाव जमाउन थाले र विभिन्न हिसावले अतिक्रमण गरि औपनिबेशीकरणलाई मजबुत बनाउदै लगे र अन्त्यमा शासनमा नियन्त्रण गर्न पुगे ।

नेपाल खाल्डोमा लिच्छवीकालमै ब्राह्मण क्षेत्रीहरु आएको कुरा उठाएर आदिवासी भएको दावी गर्दछन् ।

केही मानिसहरुले नेपाल खाल्डो (हालको काठमाण्डौ उपत्यका) लाई लिएर या आधार बनाएर ईतिहासको कुरा गर्दछन् । त्यो भन्दा बाहिरको इतिहासलाई बुझ्न चाहदैनन् । माथि उल्लेख गरिएको बिशेषताले भौगोलिक क्षेत्र औपनिबेशीकरणको कुरा गर्दछ । नेपाल खाल्डोदेखि बाहिरको भौगोलिक क्षेत्रमा रहेका जाति समुदाय जो अन्य बाहिरीयाहरुले अतिक्रमण शुरु गर्नु या बसोबास गर्नुभन्दा अघिदेखि बसोबास गरिरहेका कुरालाई बिर्सन खोज्छन् । अनि नेपाल खाल्डोमा लिच्छवीकालमै ब्राह्मण क्षेत्रीहरु आएको कुरा उठाएर आदिवासी भएको दावी गर्दछन् ।

उनीहरुका पुर्खा लिच्छवीकालमै आएको भए पनि उनीहरुभन्दा अघि यस भेगमा किरात बंशका तथा गैरआर्य जाति समुहहरु बसोबास गर्थे भन्ने पुष्टी हुन्छ भने उनीहरु (ब्राह्मण, क्षेत्री तथा दशनामीहरु) औपनिबेशिकरणको प्रकृयामा यस भेगमा आएका थिए भन्ने प्रमाणित हुन्छ । यो कुरा नेपालको महाकाली, कर्णालीदेखि मेचीसम्म लागु हुन्छ । तर खसानका खास खसहरु जो पूर्व बैदिक मानव समुह भएकोले तिनीहरुको बारेमा भने छुट्टै धारणा बनाउन आवश्यक छ । तिनीहरु पनि आर्य जातिको अतिक्रमणमा परेका हुन सक्छन् र आर्यकरण भएका हुन सक्छन् । जसरी तराईका थारुहरु हिन्दुकरण गरिए, जसरी ब्राह्मण क्षेत्री जातसंग थर नमिल्ने द्रविड जातिलाई दलितको रुपमा आर्यकरण गरियो ।

पौराणिक दन्त्यकथाहरु काल्पनिक
कतिपय ब्राह्मण क्षेत्रीहरुले शतपत ब्राह्मण, हिन्दु पुराण, महात्म्य, रामायण तथा महाभारतजस्ता काव्यमा उल्लेख भएका कुराहरुका आधारमा आर्यहरुको उपस्थिति यस भेकमा प्राचिनकाल हो भनेर दावी गर्ने कोशिस गर्दछन् । श्रुति परम्पराका रुपबाट लेखोटमा ढालिएका यस्ता पौराणिक दन्त्यकथाहरु पहिलो त धेरै जसो काल्पनिक रचनाहरु हुन् भने १०÷१५ प्रतिशत सहि नै भए पनि एउटाले भनेको अर्कोसंग मिल्दैन । खासगरि विभिन्न पुराणहरुमा उल्लेख भएका कुराहरु प्रायः उडन्ते हुन्छन् । एउटा पुराणको कुरा, नाम तथा तिथिमिति अर्कोसंग आकाश जमिन मिल्दैन । शतपथ ब्राह्मणमा उल्लेख भएका कुराहरु पनि धेरैजसो कथाहरु छन् । त्यसैको आधारमा कुरा गर्दा पनि कुरु पान्चालका राजा विदेघ मालवले मुखमा बोकेका अग्निले डढाउदै तराई खण्डको सदानिरा नदीभन्दा पूर्व आउन नसकेको कथा छ । यो सदानिरालाई गण्डकी या नारायणी नदी भनि दावी गरिएता पनि यो कर्णाली नदी हो । उक्त अग्नीले डढाउदै साना तिना नदीहरु पार गरे पनि ठूलो नदी तर्न नसकेको देखिन्छ । यसको अर्थ कुरु पान्चालदेखि पूर्व खण्ड अतिक्रमण गर्दै जाँदा हिमालय खण्डबाट बगेको ठूलो नदी कर्णाली—महाकालीभन्दा पूर्व अतिक्रमण या बसोबास गर्न सकेको देखिदैन । यसले यो नदीभन्दा पूर्व गैरआर्य तथा किरात जातिको बसोबास रहेको र उनीहरुको आधिपत्य तथा राज्य भएको प्रस्ट्याउछ ।

हिन्दु पुराण, महात्म्यजस्ता कथाहरु जो एकले अर्कोको कुरा काट्छ र तिनीहरुमा उल्लेखित तिथि मिति तथा घटनाहरु एकसंग अर्कोको आकाश जमिन मिल्दैन । तिनीहरुको आधारमा ब्राह्मण, क्षेत्री तथा दशनामीहरुले यस भूखण्डमा प्राचिन समयदेखिको बसोबास दावी गर्नु गलत मात्र हुदैन उडन्ते कुरा हुन्छ ।

रामायण र महाभारत कथाको रुपमा रहेको थोरै घटनाको आधारमा गरिएको धेरै काल्पनिक रचना हो भनेर बिद्वानहरु भन्ने गर्दछन । आर्य र गैरआर्य बिचको युद्ध अर्थात् आर्य र गैरआर्य सभ्यताबिच खासगरि आर्यहरुको दक्षिण भारततिर आफ्नो प्रभाव अर्थात संस्कृति बिस्तारको रुपमा चित्रण गरिने रामायणकाल बिद्वानहरुले ईसापूर्वको सातौ शताव्दीदेखि नवौ शताव्दीबिच अनुमान गरेका छन् । यसैगरि रामायणभन्दा एकदेखि डेढ सय बर्षपछि आर्यहरुबिच नै भएको युद्धको रुपमा चित्रण गरिएको ‘महाभारतमा किरात सन्दर्भमा यलम्बर नाम उल्लेख नभएको तर नेपाल बिशेषको उल्लेख र अलम्बुष नामक राक्षस राजाको नाम भेटियो । अलम्बुष नै यलम्बर हुन सक्ने र उनका पिता ऋष्यश्रृंग हुन सक्ने सम्भावना रहेको तथ्य महाभारतमा देखिन्छ’ ती अलम्बुष भनेका किरात राजा नै हुन् । तर यलम्बर नभएर यलम्बरभन्दा पछि पाचौ पुस्ताका बलख या बलम्भ हुन् । यिनी जितेदास्तीभन्दा ६ पिढी पहिलेका भएकोले प्रतिपुस्ता ४५ बर्षको दरले ६ पुस्ताको (४५ गुणन ६= ) २७० बर्ष हुन्छ । जितेदास्तीको समयमा बुद्ध नेपालमा आएको समय भनिएकोले यी अलम्बुष या बलख या बलम्भको समयकाल ई.पु. ५२०+२७० = ७९० ईसा पूर्व हुन जान्छ ।

आर्यहरुको बसाइ
महाभारतयुद्ध भएको समय ईसा पूर्व सातौ शताव्दीदेखि आठौ शताव्दीको बिचको समयमा घटित कुनै घट्ना भएको कुरा बिद्वानहरुले बताएको हुनाले यो समय र महाभारत युद्धको समय करिव करिब मिल्न आउछ । यसले महाभारतको युद्ध आठौ शताव्दीको उत्तरार्धमा भएको थियो भनेर पुष्टी गर्न पनि मद्दत गरेको छ । शतपतब्राह्मणमा महाभारतको वर्णन नभएकोले शतपतब्राह्मणको समयकाल ई.पु. नवौ शताव्दीको मध्यतिर हुन सक्ने देखिन्छ । यसको अर्थ आर्यहरु ई.पु. सातौ÷आठौ शताव्दीसम्म कर्णाली नदीको बहावभन्दा पश्चिम नै रहेको प्रष्ट्याउछ । उनीहरु हालको भारतीय भूमिको प्राचीन मगध राज्य भन्दा पश्चिम नै रहेको देखाउछ । रामको राज्य तथा राजधानी अयोध्या सरयु नदी (कर्णाली नदीलाई भारतमा सरयु नदी भनिन्छ) को पश्चिम तीरमा रहनु र काबुलदेखि गंगा नदीसम्मको ज्ञान भएका स्वरस्वतीदेखि यमुना नदी सम्मको भूभागमा बसोबास गरेका वेदकालका आर्यहरुले पुर्वी खण्डमा गैरआर्य जाति समुदायसंग लड्नु परेको कुरा ऋग्बेदमा उल्लेख पाईनुले आर्यहरु कर्णाली नदी भन्दा पुर्व एघारौ ÷ बाहौं शताव्दीसम्म बसोबास गर्दैनथे भन्ने तथ्यलाई पुष्टी गर्दछ ।

आदिवासीको दावी
हिन्दु पुराण, महात्म्यजस्ता कथाहरु जो एकले अर्कोको कुरा काट्छ र तिनीहरुमा उल्लेखित तिथि मिति तथा घटनाहरु एकसंग अर्कोको आकाश जमिन मिल्दैन । तिनीहरुको आधारमा ब्राह्मण, क्षेत्री तथा दशनामीहरुले यस भूखण्डमा प्राचिन समयदेखिको बसोबास दावी गर्नु गलत मात्र हुदैन उडन्ते कुरा हुन्छ । माथि उल्लेखित कुराले लामो समय करिव ईसा पूर्व एक÷दुई शताव्दीसम्म कर्णाली नदी आर्य र गैरआर्य किरातहरुको राज्य तथा बसोबासको सिमा नदी रहेकोले ब्राह्मण, क्षेत्री र दशनामीहरु प्राचिन समयदेखि यहिका बासिन्दा अर्थात् आदिवासी थिए भन्ने दावी दावीका लागी मात्र हुन्छ सहि ठहरिन्न । मनगढन्ते पुराण र हिन्दु कथाहरुको आधारमा र पछि संस्कृतकरण गरिएका ठाउँहरुको नामलाई आधार बनाएर आदिवासी दावी गर्दैमा आदिवासी होइदैन ।

मनगढन्ते पुराण र हिन्दु कथाहरुको आधारमा र पछि संस्कृतकरण गरिएका ठाउँहरुको नामलाई आधार बनाएर आदिवासी दावी गर्दैमा आदिवासी होइदैन ।

बंश पुस्ताकै हिसाव ग¥यो भने पनि यस भेकमा रहेका कुनै पनि आर्य ब्राह्मण तथा क्षेत्रीहरुको बंश पुस्ता २० पुस्ताभन्दा बढी जाँदैन । त्यो भन्दा बढी पुस्ता जोडेमा नेपालको सिमाबाहिर भारत या उत्तर पश्चिम भारततिर पुग्दछ । त्यो पनि ब्राह्मण र क्षेत्रीहरुको बिवाह १४÷१५ बर्षमा नै गर्ने प्रचलन लामो समयसम्म चल्दा त्यति पुगेको देखिन्छ र जनसंख्या पनि अधिक बढेको पाईन्छ । तर आदिवासी दावी गर्नेहरुको बंश पुस्ता हेर्दा काफी बंश पुस्ता छुटेको देखिएता पनि यस भेकमा रहेको कम्तिमा २७÷२८ पुस्तादेखि ६०÷६२ पुस्ता पुगेको देखिन्छ । १० पुस्ता फरक भनेको कम्तिमा ३०० बर्ष अर्थात् ३ शताव्दी हो । ३ शताव्दी अघि आउने र ३ शताव्दी पछि आउनेहरु सबै आदिवासी हुदैनन् । ३ शताव्दी अघि आएर यस भूभागको स्वामित्वका साथै भाषा, संस्कृति र सामाजिक प्रचलनहरुको बिकासमा पछि आउने आर्यहरुले क्रमशः अतिक्रमण गर्दै औपनिबेशीकरणको प्रकृयालाई तीब्र बनाए । त्यसैलाई औपनिबेशीकरण हुनु पूर्व र पछिको सिमा बाँधेर आदिवासीलाई बुझ्ने काम भएको हो ।
-इण्डिजिनियस 

Comments

comments

SHARE