नाम्सादिम संवाददाता
डिसेम्बर ५, सार्इप्रस/ तामाङ घेदुङ सार्इप्रसले सोनाम ल्होछार २८५४ (खी) नागी ल्हो (कुकुर वर्ग) लाई बिदाई गर्दै २८५५ फाग (ड्वा ल्हो) मनाउने भएकाे छ । घेदुङले आउदो फेब्रुअरी ३ / २०१९ आईतबार लिमासोलमा सोनम ल्होछार सांझ २०७५ संकृतिक कार्यक्रम भव्यताका साथ मनाउने संस्थाकी महसचिव लक्ष्मी ब्लाेन तामाङले जनाइन् ।

पहिलाे अधिबेशन तथा दाेस्राे बार्षिक उत्सवपछि नोभेम्बर १८ मा बसेको समिक्षा बैठकले फेब्रुअरी ३ मा ल्होछार मनाउने निर्णय गरेकाे अध्यक्ष साङ्माे थाेकरले बताइन् । फेब्रुअरी ३ मा हुने ल्होछार कार्यक्रम नेपाल तामाङ घेदुङ साईप्रस, समीर श्रेष्ठ, अमोद केसि र इन्सुम थीङ तामाङ काे संयुक्त अायाेजनामा गर्न लागेकाे जनाएकाे छ ।

ल्होछार कार्यक्रमलार्इ सव्य र भव्यताका साथ सफल पार्नका लागी सम्पूर्ण नेपालीहरूलार्इ कार्यक्रममा उपस्थित हुन समेत अनुराेध गरेका छन् । यस बर्षकाे ल्हाेछार कार्यक्रममा स्थानिय कलाकारहरूकाे साथै नेपालबाट पनि कलाकार लाने याेजना रहेकाे महसचिव तामाङले बताइन् । कलाकारहरू लानकाे लागि तयारी भइरहेकाे हुनाले केही समय पछाडि मात्र कलाकारकाे नाम मिडियामा अाउट गर्ने तामाङले नाम्सादिमलार्इ जानकारी दिइन् ।

यस संस्था “तामाङ जातिको उत्थान,भाषा धर्म र संकृतिको संम्बर्द्वन” भन्ने मुल नाराका साथ २०१६ अक्टोबर २३ मा स्थापन भएको हाे । संस्थाले स्थापन कालदेखी नै तामाङ जातिको भाषा, धर्म ,रिति , संस्कार, संस्कृति तथा पहिचान जगेर्ना गर्नुका साथै गरीब दिन दुखीहरूलार्इ सहयाेग गर्दै अाएकाे महसचिव तामाङले जानकारी दिइन् ।

Comments

comments

SHARE