विश्वासको उर्गेन घोडा चढेर
स्यो म्हेन्दो ……….(युग पाठक)
इचोङको जङगली फूल टिप्दै
एउटा नयाँ विहानको यात्रा गरि रहेछौ
म पनि टुप्लुक्क आई पुगेको छु
तिगेन्जङनाको गाउँमा
एक दिन झरौंला मदेशतिर
सलहेसको फूल हेर्न
एक दिन कुदौंला
झम्पटको प्रेममय गोर्याटोमा
अहिलेलाई ………..
याबेङ खोलाको भुमरीमा
उर्गेनको रगत पच्छे टाउकोको
रहस्य खोजे झैं
जगजिते र खलबल्येहरुलाई
तमोरको गडतिरै गडतिर पत्छयाई रहेछु
उनीहरुले किन?
फक्ताङलुङ फेदीमा
विशाशयी भोग दिए
युमा किन फूल पाती टिप्दै
विस्थापित हुन पुगिन
पैचो देउ हो स्यो महेन्दो
म युमाको खोजीमा
पहाड पर्बत तिर दौडिन्छु
उर्गेनको टाउको काटिए पनि
त्यो उड्ने घोडा जिउँदै बाँचेको हुनुपर्छ
मरेको छैन त्यो उर्गेनको घोडा
मारेनन् कसैले उर्गेनको सेतो घोडालाई
जगजिते र खलबल्ये
पुगेनन् पक्कै याबेङ खोला किनारमा।
हुन त ….
याबेङ खोला र तमोर खोलाको बक्ष्यस्थल
उहि हिमाल त हो
उर्गेन किन मारिए ?
युमा किन लघारिए ?
हेरि रहेछ यो आँखा हिमाल तिर
हामी अतृप्त आत्माले तर्सिएका छौं
ल्याउ आगोको अगुल्टो
ल्याउ भुटेको धानको चाबोङ
मन्साउँ उर्गेनको शक्ति
फर्काउँ युमाको देहजुनी
उडौं उर्गेनको घोडा चढेर
स्यो म्हेन्दो …………..
उ आयो …….आयो ….
मलाई पनि त्यही घोडामा चढाएर लैजाउ
तिगेन्जङबासीहरुलाई म पनि
एक थुङ्गा फूल चढाउँछु
आज हुने भनिएको कुरु क्षेत्रका तरवारहरुले
कसैको हत्या नगरोस् ।
-शिलौटी साहित्यिक

Comments

comments

SHARE