नाम्सादिम संवाददाता

गायक हावा दाेङ तामाङको “एला डान्बा खामा माया” गीतको म्युजिक भिडियो सार्वजनिक भएकाे छ। गीतलार्इ अाइतबार राजधानीमा एक कार्यक्रममा तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष बिकु थाेकरले सार्वजनिक गरेकाे हाे । तामाङ गीतलार्इ डम्फू मिडियाकाे युट्युब च्यानलबाट सार्वजनिक गरेकाे छ ।

तामाङकाे सत्य जीवन कथामा अाधारित उक्त गीतकाे शब्द हस्त दाेङ र संगीत निमा दाेङ तामाङले गरेकाे हाे । म्युजिक भिडियाेकाे निर्देशन अमिर दोङ तामाङले गरेकाे छ । उक्त भिडियाेमा याेसफ तामाङ र यङ्गी दाेङ तामाङले अभिनय गरेका छन् । भिडियाेकाे छायांकन बिक्रम तामाङ र सम्पादन सुर्य लामाले गरेका छन् ।

कार्यक्रममा नायक तथा कथा लेखक रितुराज पाख्रीन, नायिका चाँदनी माेक्तान, शुष्म माेक्तान, याेसफ तामाङ, यङ्गी दाेङ, बिशाल कल्दन, सुर्य लामा लगायतले सहभागी जनाएका थिए । तामाङ चलचित्र र म्युजिक भिडियाेहरू उत्कृष्ट बन्दै गएकाे प्रमुख अतिथि थाेकरले बताए । गीत म्युजिक भिडियाे धेरै राम्राे बनेकाे थाेकरले बताए ।

गायक हावा लामाकाे जीवनमा अाधारित कथा रहेकाेले अाफूले पनि कथालार्इ न्यय दिन सक्दाे काेशिस गरेकाे नव माेडल याेसफ लामाले बताए । लामाले अागामी दिनहरूमा पनि तामाङ गीत संगीत क्षेत्रमा नै काम गर्ने प्रतिबद्धता समेत गरेकाथिए ।
भिडियाे ।

Comments

comments

SHARE