डी.बि गाेले तामाङ

भक्तपुर । नुवाकोट जिल्लाकी सामाजिक अभियन्ता लोममाया तामाङ मेरुदण्डमा स्पाईनल काईसोसिस भएपछि हाल काठमाडाैंकाे ग्राण्डि अस्पतालमा उपचार गरार्इरहेकाे छ । तामाङकाे उपचारका लागि रकम नपुगेपछि भक्तपुरमा अार्इतबार पत्रकार सम्मेलन गरेर सहयाेगकाे अाव्हान गरेकाे छ । तामाङकाे उपचारका लागि सामाजिक अभियन्ता बबिता याेञ्जनले पत्रकार सम्मेलन गरी सहयाेगकाे अाव्हान गरेकाे हाे । 

उनकाे अप्रेशनका लागि डाक्टरले १० लाख लाग्ने बताएपछि जसाे-तसाे ३ लाख डिपाेजिट गरेर अप्रेशन त सफल भयाे तर अस्पतालमा पैसा तिर्न धेरै गाह्राे भएकाे बबिता याेञ्जनले सम्मेलनमा जानकारी गराइन् । अझै उपचारकाे लागि १० लाख रकम अावश्यकता रहेकाे याेञ्जनले बताइन् । डा.का अनुसार यस्ताे राेग विश्वमा कम मानिसमा देखापर्ने राेग हाे । अप्रेशन कमै मान्छेकाे सफल हुन्छ । उनकाे अप्रेशन सफल भयाे तर अस्पतालमा अाैषधी किन्न र अप्रेशनकाे खर्च पनि तिर्न सकेकाे छैन याेञ्जनले थपिन् । यसैले उनकाे उचारका लागि सबैले सहयाेग गरीदिनु पर्ने उनले बताइन् ।

बिरामाी लोममाया पहिल्यैदेखि शारिरिक रूपमा अश्वस्था भएपनि उनले भूकम्पकाे बेला विभिन्न जिल्लामा गएर अाफू कार्यरत संस्थाबाट राहत वितरण समेत गरेकी थिइन् । धेरै जिल्लामा पुगेर अरूकाे दुःखमा साथ दिएकी उनी हाल अाफै थलिएकीले सहयाेगी हातहरूकाे पर्खार्इमा रहेकाे याेञ्जनले बताइन् । तामाङलार्इ हाल ग्राण्डीकाे अस्पतालको आईसियूमा राखेर उपचार गरिरहेकाे बताएकाे छ ।

तामाङले समाजसास्त्रमा एम ए गरिसकेकी छिन् । देशकाे शिक्षित व्यक्तिलार्इ बचाउन हामी सबैले साथ दिनुपर्छ तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष तथा खलनायक समाजसेवी बिकु थाेकारले बताउनुभयाे । नेपालमा जतिपनि ठूलठूला राेगबाट ग्रसित बिरामीहरूलार्इ सरकारले नै निःशुल्क रूपमा उपचार गर्नुपर्ने थाेकरले बताउनुभयाे । म अाफैले पनि धेरैजना बिरामीलार्इ सकेकाे सहयाेग गर्दै अाएकाे छु । लाेममायाकाे लागि पनि सकेकाे सहयाेग गर्नेछु, तर एकदुर्इजना व्यक्तिले मात्र सहयाेग गरेर बिरामीलार्इ बचाउन नसक्ने रहेछ ।

Comments

comments

SHARE