-नाम्सादिम संवाददाता
काठमाडौ । मंगाेलियन हर्ट राजु लामा र  गायिका जितु लोप्चनको नयाँ गीतकाे म्युजिक भिडियो ‘अंकुशे माया’ सार्वजनिक गरेकाे छ । शनिबार बाैद्धमा एक कार्यक्रम गरी भिडियाेकाे सार्वजनिक गरेकाे हाे । उक्त कार्यक्रममा संगीतकार कुवेर दाेङ, राजु लामा, विश्व दाेङ, अभि लाना, अनिता गाेले, जितु लाेप्चन, सुर्य लामा लगायतले सहभागीता जनाएका थिए ।

कार्यत्रममा बाेल्दै विशेष अतिथि कुवेर दाेङले अाफ्नाे चेलाहरूले यसरी प्रगति गरेकाे देख्दा धेरै खुशी लागेकाे बताएउनुका साथै सबैजनालार्इ शुभकामना दिएका थिए । कार्यक्रमका सभापति सुर्य लामाले अडियाे भिडियाे बनाउन साथ सहयाेग गर्ने सबैजनालार्इ धन्यवाद व्यक्त गर्दै भिडियाेलार्इ सबैले माया गरी हेरिदिन अनुराेध गरेका थिए ।

उक्त गीतमा शब्द संगीत भने संगीतकार तथा गायक विश्व दाेङकाे रहेकाे छ । बब्लु गुरुङले निर्माण गरेको म्युजिक भिडियोको छाँयाकन, सम्पादन तथा निर्देशन सुर्य लामा, एरेन्जर दिपेस प्रधान, ड्रोन क्यामारामा प्रबिण राई, सुरेश घिसिङ,  कोरियोग्राफी युद्ध लामाले गरेका छन् ।

म्युजिक भिडियोमा अभि लामा र अनिता गोलेले अभिनय गरेको छन् । गायक लामाले गीतलार्इ सबैजनाकाे माया पाउनेमा अाफू विश्वस्त रहेकाे बताए ।

Comments

comments

SHARE