दुवै मृगाैला फेल भएकी मोरङ सुन्दर हरैंचाका १६ वर्षीया सोफिया अधिकारीको उपचारका लागि कर्म थलाेकाे रूपमा बेलायत बस्दै अाएकी गायिका देशु गाेलेले १ सय पाउण्ड रकम सहयाेग गरेकाे छ ।

दुर्इ वर्ष अघिदेखि बिरामी अधिकारीकाे अार्थिक अभावका कारण उपचार गर्न नसकेकाे उनकाे परिवारले जनाएकाे छ । हाल उनी भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार गरिरहेकाे परिवारले जनाएकाे छ । उनलार्इ अार्थिक सहयाेग गर्न उनका परिवारले अनुराेध गरेकाे छ ।

पिडित सोफिया अधिकारीको थप जानकारीको लागी तलको भिडियो हेर्न सक्नुहुनेछ ।

यसै गरी बौद्ध शिक्षा पढाउन अक्षयकोष स्थापन गर्ने भएकाे छ । 

जिल्ला धरान महानगरपालिकामा अवस्थित ङयुङ्ने ल्हाखाङ गुम्बामा अनाथ बालबालिकाहरु बौद्ध शिक्षा र अङ्ग्रेजी भाषा अध्ययन गर्दै आइरेका छन् । गुम्बाले यस कार्य बिगत लामो समयदेखि गर्दै आइरहेकोमा आर्थिक अभावका कारण ति अनाथ बालबालिकाहरू शिक्षाको उज्यालो घामबाट बञ्चित हुनुपर्ने अवस्था छ ।

अनाथ बालबालिकाहरुलाई गाँस, बास र कपासको उचित व्यवस्थापन गर्नका लागि कहिँ-कतैबाट कुनै किसिमको सहयोग नभएकोमा गुम्बा परिवर निकै दुःखित छ । गुम्बा प्रशासनले जनाए अनुसार त्यहाँ १० देखि १५ काे हाराहारीमा अनाथ बालबालिकाहरू अध्ययन गरिरहेका छन् ।

उक्त गुम्बामा अध्ययन गरिरहेका बालबालिकाहरुको भविष्य अन्धकारबाट उज्यालोतर्फ डोर्‍याउनु हाम्रो कर्तव्य र उत्तरदायित्व भएको जानकारी गराउँदै सम्पूर्ण आमाबुवा, दाज्युभाइ, दिदिबहिनी तथा धर्ममित्रहरूमा आफुले सकेको सहयोग गरिदिन गायिका तथा समाजसेवी देश कुमारी तामाङले अपिल गरेकी छिन् ।

“ सेवा नै धर्म हो, सबै एकतावद्ध भई मित्रभावले शैक्षिक उद्धार गरौं ।” भन्दै उनले आफ्नो बैङ्क खाता पनि दिएकी छिन् । सहयोगी मन भएका आमाबुवा, दाज्युभाइ, दिदिबहिनी तथा धर्ममित्रहरू एचएसबीसी बैङ्क खाता नं – २२०९७६७२ मा आर्थिक सहयोग जम्मा गर्नसक्नु हुनेछ ।

साथै नेपालमा रहनुहुने सहयोगी हातहरूले स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा रहेको पदम बहादुर तामाङ र देश कुमारी तामाङको खाता नं – १८-१६७८१८३-०१ मा आर्थिक सहयोग रकम जम्मा गरी असाहय बालबालिका प्रति सहानुभुति प्रकट गरिदिन नाम्सादिम डककमको समेत आग्रह छ ।

Comments

comments

SHARE