“म्हेन्दोमाया संगीतको आकाशलाई फराकिलो बनाउन म्हेन्दोमाया श्रष्टा र यससंग सबन्धित सम्पुर्ण व्याक्तित्वहरुको सरहानिय योगदान सदैव जिवित रहनेछ ।”
“म्हेन्दोमायाको संगीतको परिधी व्यापक हुने क्रम….
म्हेन्दोमाया श्रेष्टाको सम्मान र प्रोत्साहनको निरन्तरता।”
भन्ने मुल नाराकासाथ कर्स्योल मिडिया र बर्ल्हुम्हेन्दो डिजिटल प्रा.लि.ले संयुक्त रुपमा तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड-२०७५ विविध साँस्कृतिक कार्यक्रम सहित माघ १७ गते राष्ट्रिय नाचघर जमलमा हुने भएको छ ।

अवार्डका लागि नयाँ र पुरानो गरी २३ वटा विधामा आवेदन खुल्ला गरेको अायाेजकले जानकारी दिएकाे छ । २०७४ माघ १ गते देखि २०७५ पौष १५ सम्म आधिकारिक रुपमा सार्वजनिक भएका म्हेन्दोमाया गीतकाे एल्बम र म्युजिक भिडियोका सर्जकहरुले आवेदन दिन सक्ने जनाएकाे छ । आवेदन मङ्सिर १० देखि पौष १५ गते सम्म दिन सक्ने कार्यक्रमका संयोजक आशिक गोङ्बो तामाङ्ले जानकारी दिएकाे छ ।

पौष २२ गते उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरी सामाजिक सन्जाल फेसबूक मार्फत पब्लिक चोइस र फेसबूकबाट प्राप्त हुने अंकको लागी म्हेन्दोमाया म्युजिक अवार्डको अफिसियल पेजमा सबै विधाका उत्कृष्ट ५ मा पर्न सफल कलाकारको फोटोसहित सार्वजनिक गरिने जानकारी दिएकाे छ । यसैगरी कार्यक्रम विशुद्ध म्हेन्दोमाया संगीत र म्हेन्दोमाया कलाकारहरुको हितार्थ गर्न लागिएको भन्दै कलाकारहरुलाई आफ्नो विधामा भाग लिई “तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड २०७५” लाई सफल बनाई दिनुहुन सबैमा अपील गरेका छन् । साथै कार्यक्रममा कलाकारहरुको प्रस्तुति पनि रहने अायाेजकले जानकारी दिएकाे छ ।

आवेदन को विधाहरु यस प्रकार रहेकाे छ ।
नयाँ
१. गीतकार
२. संगीतकार
३. गायक
४. गायिका
५. कोरियो ग्राफर
६. निर्देशक
७. मोडेल पुरुष
८. मोडेल महिला

पुरानो
१. गीतकार
२. संगीतकार
३. एरेन्जर
४. गायक
५. गायिका
६. कोरियोग्राफर
७. निर्देशक
८. छायांकन
९. मोडेल पुरुष
१०. मोडेल महिला
११. सम्पादक
१२. म्होन्दोमाया पन आउने गीत
१३. उत्कृष्ट भिडियो
१४. उत्कृष्ट गीत
१५. पब्लिक चोइस

आवेदनको लागि:
जम्बुलिङ फिल्मस, माछापोखरी, ल्हापसङकर्पो म्युजिक सेन्टर, बौद्ध ल्हालुङ मिडिया ग्रुप, कर्स्योल मिडिया, नयाँ बजार
बर्ल्हुम्हेन्दो डिजिटल, नयाँ बजार

अन्य जानकारीको लागि:-
आशिक गोङ्बो तामाङ
सम्पर्क:
९८४९४७८५५५(9849478555)
E-mail: mhendomayanews@gmail.com

Comments

comments

SHARE