-वीर बल तामाङ
आँसु र पसिनालाई पिएर हुर्किने यो जिन्दगी दु:ख ज्यादा खुशी कम हुने नै रहेछ । महान दार्शनिक महान बिचारकहरुले फरक ढङ्ग र कोणबाट जिन्दगीलाई ब्याख्यान गरेतापनी जिन्दगी आखिर जिन्दगी नै हो । अरोह र अबरोह, ठक्कर र हण्डर , आधी र बेरि, अमिलो र तितो अनि हजार बल्डयाङ खादै घिसृनुपर्ने जिन्दगीमा कम्ता कथा ब्यथा र चोटहरु हुन्छन भन्ने कुरा सम्पुर्ण आदरणिय भलादमीज्युहरुले पनि भोग्नुभएकै होला । कल्पनामा हमेसा रुमल्लिरहने जिन्दगी खुशी र सुख नै ज्यादा खोज्छन् मान्छेको जिन्दगीले ।

जीवनको सूक्ष्म घटना र परिघटनालाई अपरिचित भइदिदा आकाश छुने अबचेतन हृदय एक्कासी अज्ञानताको भित्तामा ठोकिदा पनि आँखाको परेलिको डिलमा आँसु झार्नु सिबाय कुनै बिकल्पै रहदैन । मान्छे सङ्ग पखेटा त छैन नै तैपनी हमेसा उ उडन चाहान्छ र उडिरहन्छन पनि । कहिले सङ्गतैसङ्गतमा उडिरहन्छन् अनबरत रूपमा त कहिले आफ्नै कल्पनाको चाहमा उडिरहन्छन् गन्तब्यहिन भएर ।  मान्छेको चेतनाको असिमितता निकै गजबको हुदोरहेछ । उड्न सक्ने पनि मान्छे, गुड्न सक्ने पनि मान्छे, दौडन सक्ने पनि मान्छे र समयको जन्जिरहरुले थिचिएर राख्दा थचक्क किचिएर बस्न सक्ने पनि मान्छे ! अहो कस्तो बिचित्रता !

कस्तुरी मृग आफ्नै बिणाको बास्नाको लागि जसरी दौडिरहन्छन् अनबरत उसैगरी लोभ र भ्रमको जालोमा फसिएर क्षणिक सुख भोग गर्नकै लागि हमेसा दौडिरहन्छ मान्छेपनी । चाहानाको उत्कट भुमरीमा लहसिएर कति त त्यतिकै अधेरी गल्लिहरुमा भौतारिन पुग्छन जिन्दगीका यी पाइलाहरु । जसरी नुनिलो पानी पिएर तिर्खा मेटाउने अदम्य मुर्खता मान्छेले दोहोर्‍याइरहन्छ उसैबेला आफैभित्रको चेतना तत्वलाई अनायसै गिराइरहेको हुन्छ ।

जगतकै लाख सत्वहरुमध्येबाट मान्छे मात्रै एउटा यस्तो अचम्मको बिलक्षण सत्व हो जो आफै बिउझिन सक्छ र अरुलाई जगाउन सक्छ ।

उसले आफ्नो सपना र गन्तब्यको दुनो आफै सोझ्याउन सक्किन्छ र चुचुरोमा पुगेर बिजयको उद्घोष पनि गर्न सकिन्छ ।

तर नसोचिँदै भएका हरेक घटनाक्रमहरुले बिक्षुब्द भएको हृदयको आलो घाउहरुलाई कमैले मात्रै मलमपट्टि गर्ने साहस गरेका हुन्छन । मलमपट्टी गर्दैमा तपाइको हृदयको आलो घाउ चरक्क निको हुन्छन् भन्ने पनि छैन, यहि घाउले हमेसा सताइरहन्छन् गिज्याइरहन्छन् र कन्याईरहन्छन् पनि तर, यसको लागि मान्छेमा असिम उर्जा र चेतनाको सकारात्मक अबयबहरु बिकास गराउँछ या गराउदैनन् भन्ने पनि हो ।

जब मान्छे एक्लिन्छ, उसले आफू नै सहि हो भन्ने ठानिलिन्छन् । जब मान्छे भिडभाडमा हुन्छन नि, उसले आफुमा भएको अलिकती क्षमताको पनि अहङ्कार गर्नुसम्म गर्छन । जो एक्लै हुँदा स्थिर रहन्छ र भिडभाडमा हुँदा शान्त रहन्छ, जीवनमा सफलता उसैलाई मिल्छ । सफलताको कुनै भर्‍याङ छैन । भएको भए सबैले त्यही भर्‍याङ चढेर सफलताको शिखर चुम्थे होलान । सफलता आफैमा चुनौती हो र आफैमा महानतम यात्रा पनि हो । मात्र यसलाई आफैले भर्‍याङ बनाउने हो र अनि आफै चढने हो र लाखौलाई चढाउने हो ।

एउटा चम्किलो रत्नलाई पनि बगरमा राख्दा र संग्राहालयमा राख्दा हुने मूल्य आकाश र जमिनको अन्तर हुन्छन् र उसैगरी मान्छेले आफ्नो जिन्दगीलाई बगरमा गुम्साउने कि संग्राहालयमा सजाउने, त्यो जिम्मा स्वयं सिबाय अरु कसैलाई जादैन । प्राण भएर पनि प्राण चिन्न नसक्ने अनगिन्ति सत्वहरु छन् । यस जगतमा तैपनि मान्छे मात्रै सत्व हो जसले आफ्नो प्राण तत्व चिन्न सकिन्छ र चिनाउन पनि सकिन्छ । देह र प्राण तत्व बिचको अन्तर केबल मान्छेले मात्रै बुझ्न र बुझाउन सकिन्छ । त्यही त बिचित्रता हामीमा छ ।

मान्छे अथवा मनुवा अझ बिस्तारमा मानिस ।
बिबेकको धनी, चेतनामा अब्बल, उर्जामा भरिपुर्ण र जगतकै सर्बश्रेष्ठ पनि…. एउटा बिशुद्ध चोरले पनि मैले गल्ती गरेकै हुँ मैले पाप गरेकै हुँ भन्ने कुरा कुनै न कुनै दिन मानसपटलमा आउछ नै, तर केबल ढिलो या चाडो भन्ने कुरा उसको बुद्धिको बिर्कोमा भर पर्ने कुरा हो । गलत गरिरहे पनि मैले गलत गरेकै हुँ भन्ने सूक्ष्म अबचेतन कताकता सलबलाईरहने सत्व पनि मान्छे मात्रै हुन् । हरेक गहिरो निन्द्रामा पनि भयानक सङ्कट आइपर्दा बिउझिहाल्ने पनि केबल मान्छे मात्रै हुन् । समग्रमा भन्नुपर्दा मान्छे भन्ने सत्वमा जुन असिम उर्जा र चेतना छ, त्यही उर्जाको जगमा हरेक सत्व गहिरो निन्द्राबाट हमेसाको लागि बिउझिन सक्ने महान चेतनातत्व आफैमा गुप्त भएर बसेको मात्रै हो ।

दुख कसलाई आइपर्दैन र ? पीडा कसलाई हुँदैन यो दुनियामा ? आँशु कसको बग्या छैनन् होला र ? रोग र ब्याधिबाट अछुत को नै होला र ? बिछोड भन्ने गहिरो घाउ कसले सहेको छैन होला र ? असिमित रुपमा सजाएको चाहाना कसको पो पूरा भको होला र ? ठक्कर कसले खाएन होला र जिन्दगीमा ?

हामी आफ्नै कटमिरो सोचाइले आफ्नै जिन्दगीको कथाब्यथा मथिङ्गलमा सजाउछाैं र सधैं अरुलाई नै जित्न खोज्ने महान यात्रामा दौडन्छौं पनि । अनि प्रश्नै प्रश्नैको चाङहरु आफ्नै मथिङ्गलमा थोपारेर डिप्रेसनको सिकार बनाउछौं र ठान्छौं मेरो जिन्दगी त कस्तो पीडा ? कस्तो दुख ? कती धेरै असफलता ? किन सोचेको हुँदैन ? गर्न चाहेर पनि किन हुँदैन ? झर्किन्छौं आफ्नैसङ्ग, झस्किन्छौं आँफैसङ्ग अनि अधेरो भ्रमको दुलोभित्र आँफैलाई आफैले बाधेर राख्छाैं । हाँस्न त उ अरुकै अगाडि फिसिक्क हाासिदिन्छ तर अथाहा पिडाको राज्य आफैभित्र हुन्छ । त्यसैले उसलाई बाँधिराखेको हुन्छ । अनि आफ्नै मान्छे हुन्छ पराई हुन्छ फरक हेराई अनि जिन्दगीको अनुत्तर पिडाहरुले उसैलाई छियाछिया पारिरहेको अनुभुती बिस्तारै चलमलाउन थाल्छ ।

अन्त्यमा आदरणिय हृदयहरु
बर्तमान बिकसित आधुनिक समाजमा कुरुप बिथ्रुप रुपको एउटा सानो सत्य र तथ्यलाई सङ्कलन गरेको हुँ ! भलै यसमा अलिकती आफ्नो निजि अनुभबहरु पनि समेटिएकाले सायदै प्रबुद्ध भलाद्मीज्युहरुसङ्ग मेल नखाएला तैपनी यो एउटा नितान्त निजि भनी बुझिदिनुहोला… बश सबै जनामा हार्दिक स-धन्यबाद ।

Comments

comments

SHARE