रोशन फ्युबाले निर्देशन गरेकाे चलचित्र श्होङको छायाङ्कन सम्पन्न भएकाे छ  । ल्हाप्साङ्कार्पो, तामाङ्हरुको ऐतिहासिक घटनाक्रम र किम्बदन्तिहरुलाई आधार बनाएर उक्त तामाङ चलचित्र निर्माण गरेको चलचित्र श्होङका निर्देशक फ्युबाले जानकारी दिएकाे छ ।

धादिङका वाइबाहरुले याबेङ खोलाको पानी किन खाँदैनन् ? तामाङ् राज्यहरु कसरी बिस्थापित भए ? तामङ्हरुबीचमा कस्ले बैमनस्यता पैदा गरायो ? तामाङ्हरुलार्इ किन मासिने जातिमा राख्यो ? यस्तै विषयलार्इ उठान गरेकाे छ ।

चलचित्र श्याेङ कलाकारहरू मर्नेन तामाङ, जोङ्बा कान्छा, रुपा एस् घले, आरम्भ तामाङ, सिङ्ग बहादुर तामाङ, एन्जिला वाइबा, वाङ्जु वाइबा, बिकल लामा, फूर्पा तामाङ, गोम्पो घले, ज्यक्सन घले, ए आर तामाङ, कुशल थिङ, सौराम तामाङ लगायतलार्इ मुख्या भूमिकामा देख्न सकिने छ ।

सिङ्ग बहादुरको प्रस्तुतीमा प्रेम तामाङ र अनमोल तमाङकाे निर्माणमा बनेकाे फ्युबाले जनाएकाे छ । छायाङ्कन प्रकाश तामाङ, ड्राेन अप्रेटर सेन्साइ पेमा, निर्देशन् तथा सम्पादन रोशन फ्युबाले गरेकाे छ । गीत रचना जमुना तामाङ्  सिङ्ग बहादुर तामाङले गरेकाे छ भने, संगीत फ्युबको रहेको छ ।

निर्मला घिसिङ, जितु लोप्चन, सुरेश लामा र मनोज लोप्चनको सुमधुर स्वरमा सुन्न सक्ने चलचित्र टिमले जनाएकाे छ । चलचित्रलार्इ किस्पङ गाउँपालिका नुवाकोटको साल्मे गाउ , म्राचेत , सिन्तुङ म्हाने , छेर्मा , गल्छे  लगायतकाे ठाउँमा छायाङ्कन गरेका छन् ।
-हाम्राे मिडिया ग्रुप

Comments

comments

SHARE