भक्तपुर / नाम्सादिम । मिसन समृद्ध नेपालको आयोजनामा “मिसन समृद्ध नेपाल हाम्रो अभियान, शिक्षाको लागि सहयोग सबैलाई आव्हान” भन्ने मुल नाराका साथ गरिएको तीन दिने देउसी-भैलो कार्यक्रम समापन भएको छ ।

नेपालले काठमाडौंको बालाजु, बौद्ध, भक्तपुरको नगरकोट लगायत विभिन्न ठाउँमा तीन दिन सम्म देउसी-भैलो खेलेको थियो । आज भक्तपुरको शुभकामना पार्टी प्यालेसमा एक साँस्कृतिक कार्यक्रम गरी देउसी-भैलो समापन गरिएको हो ।

देउसी-भैलोमा संकलित रकम भिमेश्वर माध्यमिक विद्यालय, दोरोम्बा, रामेछापको भवन निर्माणका लागि सहयोग गरिने मिसन समृद्ध नेपालका अध्यक्ष सुदिन दोङले जनाए । उनका अनुसार करिब १ लाख रूपैया देउसी-भैलोबाट संकलन भएको छ ।

तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा गायक निमा दोङ, नायिका सुनिता लुङबा, नवगायिका शर्मिला थिङ, गायक विशाल थिङ लगायतका कलाकारहरूको दमदार प्रस्तुति रहेको थियो ।

चुनावका लागि स्थापित राजनीतिक दलजस्तो मिसन समृद्ध नेपाल हुन नहुने बताउँदै प्रमुख आतिथि थोकरले भने – समाज परिवर्तनको लागि मिसन समृद्ध नेपाल सधैं सफल रहोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

Comments

comments

SHARE