बीबीसी
अन्तरिक्ष हेर्ने रहर कसलाई नहुँदो हो । अन्य ग्रहका जमिन कस्तो हुन्छ । सबै ग्रहमा जमिन हुन्छ वा हुँदैन ? यस्ता उत्सुकता हाम्रो मनमा हुनेगर्छ ।  हरेक वर्ष संसारका सबैभन्दा योग्य फोटोग्राफरले थुप्रै दिन लगाएर अन्तरिक्षसँग सम्बन्धित तस्बिर खिचेर हाम्रा प्रश्नका जवाफको खोजी गर्छन् ।

उनीहरुले जुन तस्बिर खिच्छन् ती प्रतियोगितामा पनि समावेश हुन्छन् । रोयल अब्जर्वेटरी ग्रिनविचको वार्षीक प्रतियोगिताको यो वर्षको नतिजा सार्वजनिक भएका छन् ।

यो प्रतियोगितामा अमेरिकी फोटोग्राफर ब्राड गोल्डपेन्टले पहिलो स्थान हाँसिल गरे । गोल्डपेन्टले खिचेका तस्बिरमा दायाँतर्फ मिल्कीवे ग्यालेक्सी देखिन्छ भने अर्कोतर्फ अरमागेडन ग्यालेक्सी । गोल्डपेन्टको यो तस्बिरले १६ लाख रुपैयाँ इनाम पनि पायो ।

उक्त प्रतियोगितामा जजको भूमिका निभाउने विल गेटरले भने, ‘मेरा लागि यो शानदार तस्बिरले हरेक तरिकाबाट परिचय दिन्छ कि तपाईं अन्तरिक्षको तस्बिर खिच्ने फोटोग्राफर हुनुहुन्छ । यो तस्बिरमा अँध्यारो र उज्यालोको शानदार मिश्रण छ । ढुङ्गाको जमिनको संरचना र ताराले भरिएको आकाश छ ।’

वेस्ट ससेक्समा खिचिएका यी तस्बिरमा एउटा निभेको स्ट्रिट ल्याम्प देखिएको छ । यो तस्बिरले राती एकटकसँग तारा हेर्दा कति आनन्द महसुस हुन्छ त्यो कुरा देखाएको छ ।

क्षितिजको बाटो:

फिनल्याण्डमा जब आकाशमा अचम्मको रंग देखिन थाल्यो तब निकोलस लेफोडक्सले आफ्नो क्यामरामा यो तस्बिर कैद गरे ।

फोटो हेर्दा यस्तो लाग्छ कि यो क्षितिजमा जाने कुनै बाटो हो ।

पहाडको पछाडिबाट प्रकाश आइरहेको झैंः

प्रतियोगिताको दोस्रो नम्बरमा यो तस्बिर रह्यो । यसलाई हेर्दा यस्तो लाग्छ कि पहाडको पछाडिबाट प्रकाश आइरहेको छ । जब कि यो पनि आकाशकै एउटा रंग हो । यो तस्बिरलाई म्याथ्यू जेम्स टर्नरले खिचेका हुन् र यो स्थानको नाम कासलरिग स्टोन सर्कल हो ।

ग्यालक्सीको तस्बिरमा अवार्ड जित्ने स्टिवन मोहरले पृथ्वीभन्दा लगभग २६ मिलियन प्रकाशवर्ष टाढा रहेको ताराको समूह लियोको स्पायरल ग्यालेक्सी ल्न्ऋ घछद्दज्ञ को तस्बिर खिचेका छन् ।

यो ग्यालेक्सी अत्यधिक चम्किलो भएकाले यो ग्यालेक्सीमा पहेंलो र रातो स्टारको उमेर बढिरहेको छ । यस्तै, निलो र सेतो तारा निकै चम्किलो तरिकाले बलिरहेको छ ।

यो तस्बिर २४ वटा ताराको मिश्रण हो र मिराच ताराको दुबैतर्फ मेसियर 31 र मेसियर 33 ग्यालेक्सी ग्यालेक्सीलाई देखाउँछ ।

यो तस्बिर चन्द्रमाको हो तर यो कुरा निश्चित हो कि यसअघि चन्द्रमाको यस्तो तस्बिर कसैले खिचेका छन् ।

चम्किएको धर्तीः

सूर्य ग्रहणका बेला खिचिएको पृथ्वीको यो तस्बिरमा सूर्यको कोरोनाका साथै चन्द्रमालाई पनि देखाउँछ ।

अमेरिकामा खिचिएको यो तस्बिर सूर्यको हो । तर त्यतिबेला खिचिएको हो जब सूर्य ग्रहणको स्थितीबाट गुज्रिरहेको थियो ।

सूर्यको बायाँतर्फ ब्लू स्टार रेगुलस छ र दायाँतर्फ रातो ग्रह मंगल छ । यो तस्बिर खिच्नमा लगभग एक सय २० भिन्न तस्बिरको प्रयोग गरिएको छ ।

आगोको आँधीः
यो तस्बिरमा फोटोग्राफरले एक विशाल सोलर फ्लेयरपछि उठेको आगोको आँधी कैद गरेका छन् ।

मार्टिन लेविसले यो तस्बिर खिच्नेबेला मोनोक्रोम डिजिटल भिडियो क्यामराको प्रयोग गरेका छन् । त्यसपछि यस्तो तरिकाले खिचिएको भिडियोलाई प्रोसेस गरेर वातावरणमा पैदा भएको धुलो तस्बिरबाट हटाइयो ।
फोटोग्राफर मार्टिन लेविसले नै हाम्रो सौर्यमण्डलका सबै ग्रहलाई एकै तस्बिरमा उतार्ने कोसिस गरेका छन् ।

विशेष कुरा के हो भने यो तस्बिरमा यी ग्रह त्यस्तै देखिएका छन् जुन एक टेलिस्कोपमा देखिन्छ ।

चीनमा खिचिएको यो तस्बिरले चन्द्रग्रहण देखाउँछ ।

फोटोग्राफरले चार घण्टाको एक्सपोजर सेट गरेर यो तस्बिर खिचेका छन् । यो तस्बिरले चन्द्रग्रहण अघि, ग्रहणका बेला र पछि प्रकाशको स्थिती देखाउँछ ।

अष्ट्रेलियाकी १३ वर्षे बालिका लोगन निकोल्सनले यो तस्बिर खिचेकी हुन् जसमा सबैभन्दा ठूलो र चम्किलो नेबुला देखिएको छ ।

Comments

comments

SHARE