–नाम्सादिम संवाददाता
नेपाल तामाङ घेदुङ साइप्रसको प्रथम अबिधेशनले साङमो थोकर तामाङलाई सर्वसहमतिमा अध्यक्ष पदमा चयन गरेको छ । बरिस्ठ उपाध्यक्षमा शर्मिला लोप्चन तामाङ, उपाध्यक्षमा सबिता घिसिङ तामाङ, महासचिवमा लक्ष्मी ब्लोन तामाङ, सचिव सुनिला दोङ तामाङ, कोषाध्यक्ष मिना लामा तामाङ, सह–कोषाध्यक्षमा निरु घिसिङ तामाङ रहेका छन् ।

यसैगरी सदस्यहरुमा युबिना तामाङ, साधना वाईबा तामाङ, अम्बर पाख्रीन तामाङ, कामी छ्योमो तामाङ, म्हेन्दा तामाङ, सीता तामाङ, माया थिङ तामाङ, सुशिला तामाङ, राजु तामाङ, कुमार तामाङ, सुष्मा तामाङ, किया तामाङ, हिरामाया पाख्रिन तामाङ, कल्पना वाइबा तामाङ, शुभलक्ष्मी ब्लोन तामाङ, माया वाइबा, हिरादेवी तामाङ, धनकुमारी तामाङ लगायत चुनिएका छन् ।

अबिधेशनले सांस्कृतिक विभागको जिम्मेवारी अबि लामा तामाङ, अञ्जली तामाङ, रेनु तामाङ र सुनिमाया तामाङलाई प्रदान गरेको छ । साथै महिला प्रवक्तामा उषा ब्लोन तामाङलाई चयन गरेको छ ।

संस्थाको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष नानू गोम्जा तमाङ तथा सल्लाहकारहरुमा ज्ञानु तामाङ, हर्कमान वाइबा तामाङ र माया लोप्चन तामाङ रहेका छन् ।

अध्यक्ष पदको जिम्मेवारी लिँदै साङमो थोकरले तामाङ समुदायको हकहितका निम्ती काम गर्ने बताइन् । साथै आफूले सबैलाई समेटेर संस्थाको नियम अनुसार काम कार्य अगाडी बढाउने प्रतिबद्धता पनि जनाइन् ।

“तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्बद्र्धन” भन्ने मूल नारा सहित साइप्रस घेदुङ २३ अक्टोबर २०१६ मा स्थापना भएको थियो ।

Comments

comments

SHARE