सूचना सुरक्षित राख्न नसकेको भन्दै फेसबुकलाई ७५ करोड ६५ लाख जरिवाना गरिएको छ । बेलायतको सूचना सुरक्षा हेर्ने निकाय ‘सूचना आयुक्तको कार्यालय’ आइसीओले ‘क्याम्ब्रिज एनलाइटिका डाटा’ प्रकरणमा फेसबुकलाई जरिवाना गरेको हो।
आइसीओले फेसबुकले सूचना सुरक्षित राख्न नसकेका कारण जरिवाना गरिएको जनाएको छ। आइसीओले फेसबुकले विभिन्न एप्लिकेशनलाई फेसबुक प्रयोगकर्ताको सूचना स्पष्ट रुपमा उल्लेख नगरी प्रदान गरेको आरोप लगाएको छ।

यसैवर्षको मे महिनाभन्दा अगाडिका समयमा फेसबुकले प्रयोगकर्ताका सूचना सुरक्षित राख्न नसकेको जनाएको छ। मे महिनापछि फेसबुकले नयाँ फिचरमार्फत सूचनाहरु सुरक्षित रुपमा राखेको बताइएको छ। जुलाइ महिनामा आइसीओले फेसबुकलाई जरिवाना गर्ने बताएको थियो। आइसीओले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २००७ देखि २०१४ सम्म फेसबुकले प्रयोगकर्ताको व्यक्तिगत जानकारी र सूचनाहरु विभिन्न एप्लिकेशन विकासगर्ने संस्थाहरुलाई प्रयोगकर्तालाई नभनी बाँडेको छ।’

फेसबुकले त्यस्ता एप्लिकेशनको जाँच नगरेका कारण प्रयोगकर्ताको सूचना समेत सुरक्षित नभएको आइसीओको भनाइ छ। फेसबुकले भने आइसीओको निर्णयलाई अध्ययन गरिरहेको जनाएको छ। फेसबुकले आइसीओको सबै अध्ययन सही नभएको पनि बताएको छ।

Comments

comments

SHARE