काभ्रेपलाञ्चोक/ नाम्सादिम । भुम्लु हिमालयन युवा क्लबले आयोजनामा सम्पन्न प्रथम भुम्लु गोल्ड कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । नकआउट प्रणालीबाट खेलाइएको उक्त प्रतियोगिताको अन्तिम खेलमा सदावहार युथ क्लब, भुम्लु – ५ र सापिङ युथ क्लब, भुम्लु – १ का बीचमा भएको हो ।

निर्धारित खेल – समयमा बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । अन्तिम खेलमा सदावहार युथ क्लब, भुम्लु – ५, सल्लेले सापिङ युथ क्लब, भुम्लु – १, सापिङलाई ४–५ गोल अन्तरले पराजित गरेको हो । सदावहार युथ क्लब, भुम्लु – ५, सल्ले विजेता बन्न सफल भएको छ भने सापिङ युथ क्लब, भुम्लु – १, सापिङ उप(विजेतामा चित्त बुझाउनु परेको छ ।

बुद्ध भेहिकल्स प्रा. लि, लामा टुर्स सर्भिस प्रा. लि, लर्ड बुद्ध भेहिकल्स प्रा. लि, लामा फुड क्याफे, स्याङतान् भेहिकल्स प्रा. लि र गेटवे भेहिकल्स प्रा. लि लगायतका कम्पनीहरूको प्रायोजनमा सम्पन्न फुटबल प्रतियोगितामा विजेता र उप-विजेतालाई नगदसहित सिल्ड तथा प्रमाण-पत्र वितरण गरिएको छ ।

उक्त प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट गोल रक्षकको उपाधी सदावहार युथ क्लबका खेलाडी रोहण लामा र गोल रक्षक सबिन श्रेष्ठले पाएका छन् भने सर्वाधिक गोलकर्ताको उपाधी भुम्लु हिमालयन युवा क्लबका विवेक कार्कीले हात पारेका छन् ।

प्रतियोगितामा मुख्य रेफ्रीमा उमेश लामा रहेका थिए भने सहायक रेफ्रीको रूपमा प्रकाश तामाङ र लक्ष्मी श्रेष्ठले महत्वपुर्ण भुमिका रहेको थियो ।

Comments

comments

SHARE