-नाम्सादिम संवाददाता
न्युयोर्क/अमेरिकामा रहेका तामाङहरुले २८५५ औं सोनाम ल्होछार मनाउने भएको छ । तामाङ समाज अमेरिकाको आयोजनामा २०१९,फेब्रुवारी २ तारिख  शनिबारका दिन ल्होछार कार्यक्रम गर्ने निर्णय गरेको समाजका सचिव विनिता तामाङले जानकारी दिएकी छिन् ।

तामाङ समुदायको मौलिक परम्परा, भाषा, धर्म, संस्कार संस्कृति र विभिन्न चाड पर्वहरुलाई संरक्षण गर्नका लागि यसरी ल्होछार कार्यक्रम अायाेजना गर्न लागेको तामाङले जानकारी दिइन् ।

ल्होछार कार्यक्रममा लामा गुरुहरुबाट पूजापाठ अाशिर्वाद लिएर मनाउने आयोजकले जानकारी दिएको छ । कार्यक्रम अमेरिकाको न्युयोर्क शहरको फाइभ स्टार बाङ्क्वेटमा हुने समाजको अध्यक्ष सानुमाया तामाङले नाम्सादिमलाई जानकारी दिएकी छिन् ।

Comments

comments

SHARE