–नाम्सादिम संवाददाता
असोज २५ /नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ च्याताङमा गत भदौ २८ गते गएको पहिरोबाट प्रभावितहरुलाई राहत वितरण गरेको छ । नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको संयोजन राहत संकलन गरेर प्रभावितहरुलाई राहत वितरण गरेको हो ।

राहत संकलनको क्रममा नेपाल तामाङ समाज जापानबाट ४४ वटा खान बनाउने ग्याँस सिलिण्डर, ११ वटा चुलो र ११ बोरा चामल प्रदान गरेको नेपाल बुद्धिष्ट तामाङ सुधार समितिका महासचिव गिरीबहादु तामाङ (जि.बि) ले जानकारी दिनुभएको छ । यसैगरी दुप्चेश्वर गाउँपालिका दैविक प्रकोप उद्धार राहतकोष र पालिका जनप्रतिनिधि र कर्मचारीहरुको तर्फबाट ३३ बोरा चामल, ३३ थान ग्याँस चुलो उपलब्ध गराएको थियो । यसअघि पहिरोका कारण ४४ घर विस्थापित मध्ये ११ घरपरिवारलाई जिल्ला प्रशासन कार्यालयले १० हजार र ३३ घरपरिवारलाई जनही ५ हजारका दरले प्रदान गरेका थिए ।

प्रभावित क्षेत्रको लागि लाङटाङ राष्ट्रिय निकुन्जले निःशुल्क रुपमा दैनिक रुपमा प्रयोग गर्ने दाउरा उपलब्ध गराएको समितिका अध्यक्ष कमान सिं तामाङले जानकारी दिनुभएको छ ।

बुधबार विस्थापित परिवारलाई राहत वितरण गर्न नेपाल बुद्धिष्ट तामाङ सुधार समितिका अध्यक्ष कमान सिं तामाङ, उपाध्यक्ष रुप तामाङ, महासचिव गिरीबहादुर तामाङ(जि.बि) काषाध्यक्ष जोगमाया तामाङ,गाउँपालिका प्रमुख योविन्द्र सिंह तामाङ र उपप्रमुख अन्जु आचार्य लगायतकाे सहभागिता रहेकाे थियाे । समितिले तामाङ भाषा, धर्म, संस्कार संस्कृति संरक्षण एवं सम्बद्र्धनका लागि काम गर्दै आईरहेको छ ।

Comments

comments

SHARE