–नाम्सादिम संवाददाता
न्युयोर्क/ अमेरिकामा रहेका तामाङ संघ–संस्थाहरुलाई एक बनाएर लानका लागि विद्यासागर योञ्जन तामाङको संयोजकत्वमा ५ सदस्यीय विवाद समाधान समन्वय समिति गठन गरेको छ । सदस्यहरुमा वर्तमान सल्लहाकार ईन्द्र तामाङ (न्युयोर्क), लोक लामा तामाङ (न्युह्यम्सार), कोअपरेशन सोसार्ईटी अफ क्यालिफोनियाका अध्यक्ष कुमार दोङ र तामाङ समाज उत्तर अमेरिकाका महासचिव डोल्मा लामा रहेका छन् ।

आगामि दिनमा अमेरिकाको विभिन्न सिटिमा रहेका तामाङ संघ–संस्था र व्यक्तिहरुलाई एकै ठाउँमा समेटेर संस्थालाई अगाडि बढाउँने तामाङ समाज उत्तर अमेरिकाका अध्यक्ष लाक्यन लामाले नाम्सादिमलाई जानकारी दिएको छ ।

साथै बैठकले भारतको मिरिकमा हुने अन्तराष्ट्रिय तामाङ सम्मेलनका लागि कुमार दोङको संयोजकत्वमा तीन सदस्यीय आर्थिक संकलन समिति समेत गठन गरेको छ । उक्त समितिको सदस्यहरुमा बुद्ध लामा र दिपेन्द्र लामा रहेका छन् ।

यसैगरी बैठकले समाजको विधान अनुरुप अध्यक्षबाट कार्यसमितिमा मनोनित दुई सदस्य बाँकी रहेको एक सदस्य पदमा कोलेराडो निवासी ‘पहिलो उत्तर अमेरिका तामाङ सम्मेलन’का प्रतिनिधि संदीप तामाङ गोलेलाई मनोनित गरेको छ ।

सन फ्रानसिस्कोका रतु लामा, प्रकाश लामा र फुर्वा घिसिङ तामाङलाई सल्लाहकारमा मनोनित गरेका छन् ।
बैठकले प्रोफेसनल नेटवर्क कमिटि लगायत अन्य कमिटिहरु पनि निर्माण गर्ने निर्णय पारित गरेको महासचिव डोल्मा तामाङले जानकारी दिइन् ।

Comments

comments

SHARE