-डिबि गोले तामाङ
धरान/ गोले तामाङ वंश उत्थान सामाजको एक नम्बर प्रदेश भेला भव्य रुपमा सम्पन्न भएको छ । भेलाले मैतबहादुर गोले तामाङलाई अध्यक्षमा सर्वसहमतिमा चयन गरेको छ । उपाध्यक्षमा गोविन्द गोले, सचिवमा लक्ष्मी प्रसाद गोले, कोषाध्यक्षमा सोमनाथ गोले रहेका छन् ।

यसैगरी सदस्यहरुमा भोजपुरबाट जय बहादुर गोले, इलामबाट दलमान गोले, पाँचथरबाट सन्त गोले, उदयपुरबाट नरेशमोहन गोले, मोरङबाट सिता गोले, ओखलढुङ्गबाट दिल बहादुर गोले, धनकुटाबाट मान बहादुर गोले र सुनसरीबाट यम गोले रहेका छन् । बाँकी रहेका तीन जिल्ला खोटाङ, तेह्रथुम र ताप्लेजुङबाट एक–एक जना सदस्य थपगर्ने समाजले जानकारी दिएको छ ।सल्लाहकारहरुमा सुजेन्द्र गोले, रविन गोले, कृष्ण गोले, डम्बर गोले, भक्त गोले, ज्ञान बहादुर गोले, पुर्णिमाया गोले र ईश्वर गोलेलाई चयन गरेका छन् ।

समाजले राज्यको संरचना अनुसार संघिय ढाँचामा नीति नियम बनाएर संगठन निर्माण गर्ने तयारीमा रहेको जनाएको छ । मौलिक संस्कार संस्कृतिको खोज अनुसन्धान गर्दै संरक्षण सम्बद्र्धन गर्नका लागि पर्नुका साथै वंशवाली निर्माण गर्ने योजना रहेको अध्यक्ष जय गोलेले जनाएको छ । गोले तामाङहरुलाई राजनीतिक, सामजिक, आर्थिक एवं शैक्षिक स्तरमा बृद्धि गर्नका लागि अग्रसर भएर अघि बढ्ने गोलेले जनाएको छ ।उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा समाजका केन्द्रीय अध्यक्ष जय गोले यसैगरी विषेश अतिथि पूर्व सभासद दावा गोले, अखिल भारत बौद्ध तामाङ महासंघका केन्द्रीय उपाध्यक्ष दावा गोले, अतिथिहरुमा नेपाल तामाङ घेदुङका सल्लाहकार सुजेन्द्र गोले, उपाध्यक्ष सिता गोले, संस्कृतिक घेदुङका महा–सचिव छेवाङ तेन्जिङ तामाङ, पुर्व अध्यक्ष दोर्जे गोले, घेदुङका केन्द्रीय सदस्य सुर्य गाले, उद्योगी तथा व्यवासायी डम्बर गोले, राजनीतिज्ञ कुल बहादुर गोले, वडा अध्यक्ष जय बहादुर गोले,समाजका केन्द्रीय सदस्य सुभरत्न गाेले, धन बहादुर गाेले लगायतले सहभागी जनाएका थिए ।कार्यक्रममा लामा, बोन्बोले साङ् सेर्गेम गर्नुका साथै तम्बाहरुले डम्फू र टुङ्ना बजाएर गीत गाउँदै उक्त कार्यक्रम शुरु गरेको थियो । कार्यक्रमको अध्यक्षता भेला आयोजक समितिका संयोजक रविन गोलेले गरेका थियो भने कार्यक्रम सन्चालन सचिव लक्ष्मी प्रसाद गोले तामाङले गरेको थियो ।

Comments

comments

SHARE