-नाम्सादिम संवाददाता
मोरङ/ पाख्रिन तामाङ समाज मोरङको अध्यक्षमा सर्वसहमतिमा श्याम पाख्रिन तामाङलाई चयन गरेको छ । शनिबार मोरङ जिल्लामा गरेको सम्मेलनले समाजको १५ सदस्यीय समिति गठन गरेको हो ।

समाजको उपाध्यक्षमा गौरी पाख्रिन तामाङ, पुर्ण पाख्रिन तामाङ, सचिवमा भिम पाख्रिन तामाङ, सह–सचिवमा मनमाया तामाङ, कोषाध्यक्षमा जित बहादुर पाख्रिन तामाङ रहेका छन् ।

यस्तै समाजको सदस्यहरुमा कविता पाख्रिन तामाङ, पदम पाख्रिन तामाङ, प्रकाश पाख्रिन तामाङ, भिम पाख्रिन तामाङ, हर्कबहादुर पाख्रिन तामाङ, शेर बहादुर पाख्रिन तामाङ, जनक पाख्रिन तामाङ, तिलक पाख्रिन तामाङ र गणेश पाख्रिन तामाङ रहेका छन् ।

पाख्रिन समाजको हकहितमा आफू सधैं लागि पर्नुका साथै आफ्नो कार्यकालमा सक्दो राम्रो काम गरेर देखाउने नव निर्वाचित अध्यक्ष श्याम पाख्रिनले प्रतिबद्धता व्यक्त गरेका छन् ।समाजले आफ्नो वंशको संरक्षणका साथै वंशको विषयमा खोजअनुसन्धान गर्ने मुख्य उद्देश्य रहेको छ । समाजले गरेको खोज अनुसन्धानले भाविपुस्तलाई सहज बनाउँने समाजका केन्द्रीय अध्यक्ष मणी पाख्रिनले जानकारी दिनुभएको छ । यस कार्यले पाख्रिनहरुको डाटा समेत सङ्कलन हुने उहाँको भनाई छ ।

Comments

comments

SHARE