-नाम्सादिम संवाददाता
राजधानी, अजाेज /शनिबार बौद्धमा एक कार्यक्रमका बीच आमा गीतको भिडियो सार्वजनिक गरेको छ । गायक तथा संगीतकार समेत रहेका राजकुमार तामाङको शब्द, संगीत र स्वरमा रहेको आमा बोलको भिडियो डम्फू मिडियाको युट्युबबाट पनि सार्वजनिक भर्इसकेकाे छ ।
आमा बोलको नयाँ भिडियोमा संसारमा आमा भन्दा ठुलो कोही नहुने त्यसैले आमालाई माया गर्नुपर्ने शब्दबाट प्रस्तुत गरेको छ ।

प्रमुख अतिथि तामाङ कलाकार संघका अध्यक्ष संजिब वाईबाले कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य रचना मोक्तानले रखेकी थिइन् । तामाङ भाषामा गाएको उक्त गीतको भिडियोमा नायिका चाँदनी मोक्तान र सन्जय योन्जन तामाङले अभिनय गरेका छन् । उक्त भिडियो अमिर दोङल निर्देशन गरेको हो । भिडियोको छायांकन र सम्पादन पक्ष भने बिक्रम मोक्तान तामाङ हेरेका थिए ।

गायक तामाङले परदेशी, ताकाधुई डम्फू, निभ्न लागेको, दिलमा यस्तो, तुन्बा ह्याङला जिन्दगीरी, डम्फू बजाउँला, रसुवा घुम्दै, माथी त हिमाली, भुमेला जात्रा, यम्बुमी ख्लासिन, एनोन ङाला, नेपाली तिमीलाई छोडी, आमा लगायत भिविन्न गीतहरु लेख्नुका साथै स्वर संगीत पनि भरिसकेका छन् ।

तामाङ पेशागत हिसाबले शिक्षक भएपनि गीत संगीत क्षेत्रमा निरन्तर रुपमा लागि परेका छन् । तामाङ समुदायलाई गीत संगीतबाट नै राम्रो सन्देश फैलाउनका लागि यस क्षेत्रमा लागेको तामाङको भनाई छ । बिस्तारै अर्को नयाँ गीतहरु पनि बजारमा ल्याउने तयारीमा रहेको तामाङले जानकारी दिएको छ ।

Comments

comments

SHARE