Mongolian Heart Live in Temal.

Mongolian Heart performing live in Temal. Date: Kartik 3, 2075Time: 11:00 am onwards

Gepostet von Jigme Media am Donnerstag, 4. Oktober 2018

तेमाल/ चर्चित गायक राजु लामा को सांगीतिक ब्याण्ड मङ्गोलियन हर्ट  को २५ औं वसन्त पार गरेको उपलक्ष्यमा काभ्रेको ऐतिहासिक क्षेत्र तेमालको नारायण स्थानमा भब्य कन्सर्टकाे तयारी तिब्र रूपमा भैरहेकाे छ । स्थानिय अायाेजककाे रूपमा भने तेमाल युथ सोसाइटी रहेकाे साेसाइटीका अध्यक्ष अर्जुन तामाङले जानकारी दिएकाे छ ।

उक्त कार्यक्रममा “मङ्गोलियन हर्ट” ब्याण्डकाे आफ्नो सांगीतिक प्रस्तुतिका रहनेछ । कार्यक्रममा तेमाल भेगका  चर्चित कलाकारहरूकाे समेत प्रस्तुति रहने गायक तथा संगितकार विश्व दोङले जानकारी दिएकाे छ ।

कार्यक्रम तेमालको नारायण स्थानमा अागामि कार्तिक ३ गते हुनेछ ।  यस संगीतिक कार्यक्रममा तेमाल क्षेत्रका सम्पूर्णलार्इ उपस्थित हुन अायाेजक टिमले अनुराेध गरेका छन् ।

Comments

comments

SHARE