-नाम्सादिम संवाददाता

बनेपा, काभ्रे । डाँडापारि जागरण समुहको आयोजनामा काभ्रेको बनेपामा भएको दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटि सदस्य एवं पूर्व ऊर्जा तथा गृहमन्त्री जनार्दन शर्माले आफूलाई जिम्मा दिएको खण्डमा पार्टी एकताको प्रक्रियालाई ३ दिनमै टुंग्याइदिने बताएका छन् । उनले पार्टी एकताको प्रक्रियालाई नेतृत्वले महत्व नदिएकाले आफूलाई जिम्मेवारी दिएमा ३ दिनमै टुंग्याइदिने बताए ।

कार्यक्रममा पुर्व मन्त्री शर्माले ‘एकताको महत्वलाई नेतृत्वले गम्भीर रुपमा नलिएको कारण ७ दिनमै टुंगिनुपर्ने पार्टी एकता अनावश्यक रुपमा लम्बिरहेको छ । पार्टी एकताको सन्दर्भ र मर्मलाई नेताहरुले कम बुझ्नुभएको छ । एकता छिटो टुंग्याउनुपर्छ’ उनले भने, ‘धेरै समय लाग्दैन, । उहाँहरुसँग समय छैन भने हामीलाई मिलाएर ल्याउन भन्नुस्, हामी मिलाएर लगिदिन्छौँ ।’

सरकारले मात्रै काम गरेर समृद्धि सम्भव नहुने बताउँदै उनले समृद्धिको काम सरकारले मात्रै गरेर नहुने बताए । उनले दुई तिहाई बहुमत छ भनेर सरकारले ढिला काम गर्न खोज्दा जनताप्रति निरासा बढेको बताए ।

सरकार फोहोरी राज्य सत्ता सफा पार्न लागेको भएपनि केही मन्त्री त्यही फोहोरमा नै डुब्ने खतरा रहेको दाबी गर्दै अब हामीले बनाएका मन्त्रीज्यूहरु नै फोहोरमा हराउने त होइन ?’ भन्दै प्रश्नसमेत गरे ।

‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ? भन्ने मुला नाराका साथमा समुहले आयोजना गरेको कार्यक्रममा पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ, नेकपा नेता नारायण पाण्डे, समाजसेवी तथा युवा नेता इन्द्र बहादुर थिङ ‘छिन्ताङ’, दैवलाल घिसिङ लगायतले शुभकामना मन्तव्य राखेको थियो भने रुकु चौलागाई, मिन बहादुर वाईबा, टोक बहादुर वाईबा, कान्छालाल जिम्बा, सुजन तामाङ लगायतको उपस्थिति रहेको थियो ।

संस्थाको अध्यक्ष मोतिलाल मोक्तानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालक इकमान लामाले गरेको थियो ।

Comments

comments

SHARE