असोज, काठमाडौं / शनिबार बौद्धको सिद्धर्थ हलम र पृथ्वी हलमा तामाङ चलचित्र बुम्ब र सेर्कु प्रदर्शन भएको छ । बुम्ब चलचित्रमा तामाङ चेलिबेटि बेचबिखनको मुद्दलाई उठाएको छ । यस्तै सेर्कु तामाङ चलचित्रमा सामाजिक विषय बस्तुलाई उठान गरेको छ । दुवै चलचित्रमा नायकको भूमिकामा रितुराज पाख्रिनलाई देख्न सकिन्छ ।

बुम्बमा कथा लेखन तथा निर्देशन गोपिलाल तामाङले गरेका छन् । गीतको संगीत तथा गायन चन्द्र कुमार दोङले नै गरेका छन् । सेर्कु तामाङ चलचित्रको कथा तथा नायकको भूमिका रितुराज पाख्रिनले गरेका छन् भने निर्देशन राजकुमार तामाङले गरेको हो ।

बुम्ब चलचित्र ह्याङला दोलखा काठमाडौं तामाङ समाजले गरिव तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्नका लागि ‘शैक्षिक कोष’ निर्मानार्थ प्रदर्शन गरेको अध्यक्ष सरोज मोहन तामाङले जानकारी दिएको छ । चलचित्र प्रदर्शनमा प्रमुख अतिथि तामाङ चलचित्र संघका अध्यक्ष विकु थोरकरले तामाङ चलचित्र तामाङ समुदायको भाषा, धम, संस्कार संस्कृति, भेषभूषा कला संरक्षणका साथै शैक्षिक र आर्थिक विकासका लागि टेवा पुग्ने गरी निर्माण गर्ने बताउनु भयो ।

कार्यक्रममा समाजसेवी कुमार थोकर, नायक अमिर दोङ, तामाङ घेदुङ कुर्दिसथानका कोषाध्यक्ष संचमाया तामाङ, गायक तथा संगीतकार चन्द्रकुमार दोङ, चलचित्रकर्मी राम घिसिङ, सेलो गायक फूलकुमार बम्जन लगायतले उपस्थिति जनाएका थिए । कार्यक्रम संचालन समाजका सचिव सुरेश पाख्रीनले गरेको थियो भने कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष सरोज मोहन तामाङले गरेका थिए ।

Comments

comments

SHARE