–नाम्सादिम संवाददाता
काठमाडौं/शुक्रबार राजधानीमा भब्य समारोहका बीच धर्मगुरु श्याल्पा तेन्जिङ रिन्पोक्षेद्धारा लिखित पुस्तक ‘‘एक सय हितोपदेश’’ विमोचन भएको छ । होटल साङ्ग्रीलामा आयोजित कार्यक्रममा पूर्व मन्त्रि हित बहादुर तामाङ, बिनोद चौधरी, हरिवंश आचार्य र सुनिल शक्यले रिन्पोक्षेको पुस्तक विमोचन गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पुस्तक विमोचनसंगै कार्यक्रममा कलाकारहरुले प्रस्तुति समेत राखेका थिए ।

रिन्पोक्षेले पुस्तक विमोचनपछि आफ्नो भनाई यसरी राखेको थिए । धर्तीमा जन्म लिएका सबै प्राणी खुशी रहन चाहन्छन् । आफ्नो जीवनलाई शान्तिपूर्वक विताउँन चाहन्छन् । भगवान बुद्धले हामीलाई भन्नु भएको छ हामीलाई खुशी बनाउने तत्व भनेको शान्ति, दया, माया करुणा र सहिष्णुता हो । यसले नै हो व्यक्तिदेखि समाज हुँदै राष्ट्रिलाई खुशी र आनन्दी बनाउने । अझ भन्ने नै हो भने हामी बाँचेको यस पृथ्वीलाई आजको एक्काइसौं शताब्दीमा संरक्षण, पुनर्जीवन र लामो जीवन दिन भगवान बुद्धले शान्ति र अहिंसामाथि दिनुभएका उपदेशहरुको अनुसरण अपरिहार्य रहेको छ ।

रिन्पोक्षेले लुम्बुनिमा बनाउँन लागेको ‘द महासिद्ध स्यान्क्चुरी फर युनिभर्सल पिस’ को विषयमा समेत प्रष्ट पारेका थिए ।

Comments

comments

SHARE