–हिरामान बल तामाङ
संसार भरि छरिएर रहेका धेरै जसो मानिस शान्ति खोज्दै भौतारी रहेका हुन्छन् । शान्ति कहाँ मिल्छ भन्ने बारे थाहा भने जोकोहीलाई सहजै हुँदैन । यसरी भौतारिनुको अलवा शान्ति बाहिरी बजारमा किन्न सकिन्छ ? वा गुम्बा, मठ–मन्दिर वा झ्याङछ्युव छ्योर्तेनहरुमा पाउँन सकिन्छ ? अहँ सकिन्न । किन कि शान्ति आफ्नै मनले महशुस गर्ने कुरा हो ।

यसरी भौतारीदा–भौतारीदै कतिले मर्नु भन्दा केहि समय अघि आफुले जीवनभर भोगेको भोगाईको महशुस गरेर कमि–कम्जोरी पत्तो पाउँछ त कतिले त्यो पनि भ्याउँदैन । हुन त त्यो बेला कम्जोरी आफ्नै ठानेपनि खासै महत्व भने हुँदैन । किन कि उसंग त्यत्तिबेला ब्यवहारमा उतारेर जीवनलाई अगाडि बढाउने प¥याप्त समय हुँदैन ।

यसैले पनि होला विगत लामो समयदेखि परम पुज्यनिय धर्मगुरु श्याल्पा तेन्जिङ रिन्पोक्षे ज्यू निरन्तर रुपमा विश्वका विभिन्न ठाउँहरुमा बौद्ध धर्म र दर्शनको विषयमा प्रवचन दिदै शान्ति, सुख र खुशी कसरी मिल्न सक्छ भन्ने बारे भगवान बुद्धको बाणीहरु सुनाउँदै,बुझाउँदै हिँडिरहनु भएको छ । बुद्धको ज्ञानरुपी रिन्पोक्षेको प्रवचनले धेरैले आफ्नो जीवन सुधारी सकेका छन् । अझै धेरैलाई यस विषयमा बुझाएर अन्धकारमय बाटोमा हिँडिरहेका विश्वभर छरिरहेका मानिसलाई उज्यालो बाटोमा डो¥याउन रिन्पोक्षेको तर्फबाट हरदम प्रयास भइरहेको उहाँ बताउनुहुन्छ ।

यही उद्देश्य प्राप्तीका लागि रिन्पोक्षेको परिकल्पनामा भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनी जस्तो पवित्र स्थलमा “द महाशिद्ध स्यान्क्चुरी फर युनिभर्सल पिस सेन्टर”को स्थापना गर्न लागि पर्नु भएको छ । उक्त स्यान्क्चुरीको बाहिरी डिजाइनले फक्रँदै गरेको कमलको फूलको प्रतिनिधित्व गर्ने रिन्पोक्षे बताउनुहुन्छ ।

यसको प्रतिकले शुद्धताको अर्थ दिनेछ । निर्माणाधिन स्यान्क्चुरी हलको मुख्य आकर्षण केन्द्र सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मँदै गर्नुभएका भगवान बुद्धको एउटा विशाल, सुन्दर र सबै प्राणीको मनलाई छुने खालको मुर्ति देख्न सकिने उहाँले जानकारी दिनुहुन्छ । उहाँका अनुसार एक हजार पाँच सय जना अट्ने हलमा सामूहिक रुपमा ध्यान, योग अभ्यास, प्रशिक्षणका साथै मनमा शान्ति मिल्ने अन्य विविध खालको कार्यक्रमहरु गरिनेछ ।

यस्तै स्यान्क्चुरीमा रहने द युनिभर्सल पिस पुस्तकालयमा भगवान बुद्धले दिनुभएका ज्ञान, उहाँले दिनुभएको प्रवचन वा व्याख्यानहरुको सङ्कलन भएका पुस्तकहरु सङ्कलन गरिनेछ । भगवान बुद्धका प्रवचनहरु समेटिएका विभिन्न थाङ्का, बुद्धका अमूल्य मूर्तिहरु, पवित्र धर्म ग्रन्थहरु समेत रहने एउटा सङ्ग्रहालय रहने छ । यस अनुसन्धान केन्द्रमा प्राचीन र आधुनिक तिब्बती लिपीमा लेखिएका बौद्धधर्मसम्बन्धी पुस्तकहरुको सङ्कलन गर्नुका साथै चर्चा परिचर्चा गर्ने योजना समेत रहेको छ ।

तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको योजना २०७५ साल वैशाख १७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले शिल्यान्यास गरिसक्नुभएको छ । परियोजना सफल बनाउन रिन्पोक्षेले अमेरिका, थाइल्यान्ड, हङकङ, चीन, मलेसिया, भियतनाम, इन्डोनेसिया, सिङ्गापुर, संयुक्त राज्य बेलायत लगायत विभिन्न देशहरुमा भ्रमण गरिसक्नु भएको छ ।

धर्मगुरू श्याल्पा तेन्जिङ रिन्पाेक्षे ज्यु लगायत अन्य धर्मगुरूहरू क्रमश…..।

संसारभर छरिरहेकाहरुबाट निःस्वार्थ एक–एक रुपैयाँ दान लिई निर्माण कार्य सम्पन्न गर्ने रिन्पोक्षेको उद्देश्य छ । सबैको मनमा शान्ति मिलोस् भन्ने हेतुले एकजनाबाट टन्न पैसा लिनुको साटो सबैसंग एक एक रुपैया दान लिने योजना सफल बनाउन सहयोगको आह्वान गर्नुहुन्छ रिन्पोक्षे । बुद्ध जन्मेको भुमि, सगरमाथाको देश, जलस्रोतको दोस्रो धनी देश, मठ–मन्दिरको देशका विभिन्न समुदायको मानिसहरुको मन चोखो,सफा रहेको भन्दै प्रशंसा गर्नुहुन्छ उहाँ । त्यसैले उहाँ भन्नुहुन्छ –“नेपाल अरु देशहरु हेरेर स्वार्ग नै हो ।”

बुद्धको जन्मथलोमा बसेर पनि हामीले प¥याप्त मात्रामा भगवान बुद्धको ज्ञानलाई अनुसरण गर्न नसकेको उहाँले ओंल्याउनु भयो । बुद्धले दिएको ज्ञानलाई मात्र अनुसरण ग¥यो भने पनि मानव जीवनमा धेरै परिवर्तन आउने उहाँको भनाई छ । त्यसैले बुद्धको बाणीलाई बाँड्दै सबैको मनमा शान्ति फैलाउँनका लागि निःस्वार्थ भावनाले गर्न खोजेको यस कार्यमा देश तथा विदेशमा रहेका सम्पूर्णले साथ सहयोग गर्नेमा रिन्पोक्षे विश्वस्त हुनुहुन्छ ।

निर्माण गर्दै स्यान्क्चुरी सेन्टर ।

Comments

comments

SHARE