-नाम्सादिम संवाददाता
यम्बु । शनिबार काठमाडौं भृकुटीमण्डप स्थित आर. आर. क्याम्पसमा नाङसाल क्लब नेपालकाे नियमित साहित्य वाचन कार्यक्रम समपन्न भएकाे छ । क्लबकाे यस पटक ९५ अौँ शृङ्खला सम्पन्न गरेको हाे ।

‘मोक्खोन तामाङला गिक्खेन काअी, तामाङ ह्युल्बादा छोर्ना लाअी’ भन्ने मुल नाराका साथ स्थापित गरेकाे  क्लबले भाषा, धर्म, संस्कार साँस्कृतिको संरक्षण सम्बर्द्धन गर्नका लागि अग्रस्थानमा रहेर काम गर्दै अार्इरहेकाे छ । भाषा र साहित्य क्षेत्रबाट संरक्षण अामुल परिवर्तन गर्न गराउँनकै लागि नाङसाल, डाजाङ, तामाङ स्रष्ट्रसमाज, सेमलेङ न्हान लगायतका संस्थाहरू लागि पर्दै ती सबै संस्थाले महिनाकाे एक पटक साहित्य वाचन कार्यक्रम संचालन गर्दै अार्इरहेका छन् ।

यसै शिलशिलामा शनिबार अायाेजनाकाेरेकाे नाङसालकाे कार्यक्रममा साहित्यकारहरुले मातृभाषा तथा खास भाषामा गजल, कविता, गीत, मुक्तक वाचन गरेका थिए । मिलन तामाङ, राम बि लामा, राजु मोक्तान, वुद्ध योञ्जन, माेक्तान थेबा, मिक्साङ वाईबा, सुनिता लामाखोर, दिलिप मोक्तान, डुप्साङ तामाङ, तिर्थमान बल, रत्न कुमार तामाङ लगायतले अा-अाफ्नाे साहित्य वाचन गरेका थिए । क्लबका अध्यक्ष वाइबाकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रम संचालन क्लबकै सचिव मिथिला स्याङतानले गरेकी थिइन् ।

Comments

comments

SHARE