सरकार !
धेरै भयो-‘मेस्या चबा स्योप्टोु’ नमन्साएको ।

हिजो आज-
जोनीहरू मर्नु दुख्छन् ।
दिनरात रोइरहेको छु सरकार !!

अस्पतालमा देखाउँदा केही छैन भन्छन् ।
के-के जाति औषधी दिन्छन् ।।
गरीबसँग बाँकी उपचारको निमित्त
सम्पत्ति छैन सरकार !!

जति औषधी खाएँ-खाएँ
तर, बीसको उन्नाइस भएन ।

जान्नेहरूलाई देखाउँदा-
मेस्या चबा स्योप्टो लागेको भन्छन् ।

यस्तो भन्दा गाई खाने भाषा बुझिँन भन्नु होला ।
होस सरकार हो !
यो गाई खाने भाषा नै हो ।
गोरु बलि दिनेको भाषा ।।

सरकार !
एक प्रकारको स्योप्टो हुन्छ-
जो गोरुको मासु रुचाउँछ ।
त्यसले छोएपछि गोरु बलि चढाउनु पर्छ ।।

के गरुँ सरकार ?
बडो द्वीविधामा छु ।

गोरु बलि चढाएर जेल रूङुँ ?
या त स्योप्टोलाई आफैँ खुवाएर
झूपडीमा रुँदै बसुँ !

सरकार !
छोरा-छोरीका पनि भनेजस्तो कैल्यै भएन ।
श्रीमती दश वर्षदेखि विमारी छे ।
उपचारको क्रममा घरबार सकियो
तर उपचार लागेन ।।

सरकार !
डाक्टरहरू भन्छन्, रोग केही छैन
रोग नभएकै भए-
मेरी श्रीमती र मेरी जीवन सङ्गीनी
किन ओछ्यान परेकी होली सरकार ?

लबोन र लप्ताबालाई जोखना हेराउँदा
कुल बिग्रिएको भन्छन् ।

नबिग्रियोस् पनि कसरी ?
आफ्नो त कुलपूजामा गोरु बलि चढाउनु पर्थ्यो रे ।
पृथ्वीनारायण शाहले-
एकीकरणको नाममा ताम्सालिङ नै खाएछन् ।
मुलुकी ऐनले, मेस्या पनि लुटेछन् ।।
चारदाममा पनि मे डाङ लगिएको थिएन ।

त्यसपछि बिग्रिएको कुल
अब कसरी सपारुँ सरकार रुरु
सपार्न त गोरु बलि चढाउनु पर्दोरहेछ ।।

धर्म निरपेक्ष देशको अन्तरिम संविधानमै
गाईलाई राष्ट्रिय जनावर बनाएपछि
राणा कालीन जङ्गे कानुनले के छोड्थ्यो !!

सरकार !!
लाङदर्मा ढाल्दा गोरु मार्नु पर्दोरहेछ ।
किरातहरूका कुलपूजामा पनि गोरु काट्नु पर्दोरहेछ ।

थकालीका कुलपूजामा-
चार वटा गोरुका टाउका चाहिँदारहेछन् ।
तामाङको चारदाममा, मे ढङको चलन रहेछ ।।

अब सरकार-
धर्म निरपेक्ष देशमा
जबरजस्त हामी हिन्दू नै बन्नुपर्ने या
हामीले गोरु काट्न पाउने कि नपाउने !
कुलपूजा गर्न पाउने कि नपाउने !!

सरकार अरू केही सोध्दिनँ
यही मात्रै मेरो प्रश्न-
उत्तरको प्रतीक्षामा छु सरकार !!
अब सरकार-

धर्म निरपेक्ष देशमा
जबरजस्त हामी हिन्दू नै बन्नुपर्ने या
हामीले गोरु काट्न पाउने कि नपाउने !
कुलपूजा गर्न पाउने कि नपाउने !!

शब्दार्थ :
मे स्या : गोरुको मासु
स्योप्टो : एक प्रकारको शक्ति । एउटाले कुखुरा, एउटाले बाख्रा र एउटाले चाहिँ गोरु खान्छ भन्ने मान्यता रहेको छ । घ्याङसिङ
जोर्नी दुख्नु : स्योप्टोले भेटेमा यस्तो दुखाई हुने मान्यता रहेको छ ।
लाङदर्मा : लाङ (गोरु)को जस्तो स्वरूप वा स्वभाव भएको विश्वास गरिएको तिब्बती कथासँग जोडिएको ऐतिहासिक पात्र
कुलपूजा :आफ्ना कुलहरूको पूजा
मे डाङ : विवाहमा लानुपर्ने डाङ । जसमा गोरुको फिला लानुपर्दथ्यो । (मे : गोरु), (डाङ : कोशेली)
पुनश्च : तामाङ राष्ट्रको लाङकोर र थोगोर थरीको कुलपूजामा गोरु बलि चढाउनु पर्दछ । यससम्बन्धी लोककथाहरू पाइन्छन् ।
– गाेले केअार चालिसेलि
सिन्धुलि ।

Comments

comments

SHARE