-बिक्रम सुब्ब

१. सुवेदीले विमान अपरहण (विरानगरबाट फारविसगंज) गरेर भारु ३० लाख कांग्रेस पार्टी सन्चालनको निम्ती लुटेको या स्रोत परिचालन गरेको दुस्साहसिक घटनाको वर्णन मात्र गरेका छैनन् । बरु, कांग्रेसभित्र कोइराला परिवारवाद के कस्तो सम्म षडयन्त्र गरेर (जहाज अपहरण गरेर पार्टीको निम्ती जोखिम लिने सुवेदीलाई नै एक पटक हत्या गर्न खोजेकोसम्म) कायम राखिने गरेको रहेछ भन्ने बारे समेतका केही Selected critical incidences पेस गरेर कुनै पनि प्रजातान्त्रिक पार्टीमा ‘परिवारवाद’ हुनु हुन्न भन्ने आफ्नो Thesis लाई Substantiate गरेकाछन् । जुन पढ्दा Tip of Iceberg देखिन्छ र प्रष्टै अनुमान गर्न सकिन्छ – कोइराला परिवारवाद भयानक घनिभूत (समुद्रभित्र) लुकेको थियो र छ । यही Analogy बाट सबै पार्टीहरूमा परिवारवाद व्याप्त छ भनेर बुझिन्छ । किनभने ‘कांग्रेस’ भनेपनि ;कम्निष्ट’ भनेपनि या ‘राप्रपा’ र ‘फोरुम’ भनेपनि सबै पार्टीहरू नेपाली समाजमै जन्मि-हुर्कि-बढेका र नेपाली सँस्कारद्वारा Programmed गरिएका Software बाट सन्चालित हुन् । पार्टी र सिध्दान्त त मानिसलाई नयाँ म:म: पसलमा आकर्सित गर्न राखिएको ‘नाम’ मात्र हो ।

२. कसंग्रेस भित्र कोइरालाहरुले सँस्थागत गरेको परिवारवाद नै कांग्रेसको संस्कार-सफ्टवेयर बनेकोले अहिलेका देउबा या पौडेल या गगनले नयाँ किसिमले काम गर्न सक्दैनन् भनेर बुझ्न सकिन्छ । र, यही Reference बाट नेपालका सबै ठूला पार्टीहरूको उही (१९-२० बाहाेक फरक नभएको) ताल हो भनेर Inference निकाल्न सकिन्छ ।

३. लेखक (दुर्गा सुवेदी)को जीवनमा राजनैतिक उतार-चढाव (पञ्चायत काल देखि श्रीमती प्रधानन्यायधीश हुँदा सम्म)को उरात चढावको दुर्गा सुवेदीको भोगाई र विश्लेषणको एउटा कोण पुस्तकले पेस गरेकोछ । राजनैतिक इतिहासको पाटो मेरा लागि त्यति आकर्षक रहेन, नयाँ पुस्तालाई यो पढन योग्य लाग्यो । तर ती ऐतिहासिक क्षणहरूमा सुवेदीले आफ्नो Position कसरी Maintain गरेर आफ्नो Integrity बचाएर ल्याए भन्ने कुरा प्रेरणादायक लाग्यो ।

४. सुवेदीलाई सुशीला कार्कीले विवाहको प्रस्ताव गरेको घटना र क्षेत्रीकी छोरीले बाहुनसँग बिहे गर्दा परिवारबाटै संबन्ध टुटेको प्रकरणले क्षेत्री बाहुनहरूमा जातियता (रक्त शुध्दता) कायम राख्नु पर्छ भन्ने अवधारणा कस्तो बलियो गरी बसेको रहेछ भन्ने कुरा झल्कियो । वाहुनलाई समेत ज्वाइँका रुपमा अस्वीकार गर्ने क्षेत्रीहरूले आफ्नो छोरी राई, लिम्बू, तामाङ, नेवार, कामी, दमाई, सार्की, मधेशी केटासँग बिहे गर्न पुगि भने कस्तो ब्यबहार गर्लान् ? भनेर म झसंग भएँ । पार्टीभित्रको षडयन्त्रले भरिएको Dynamics र बाहुन ज्वाइँलाई अस्वीकार गरिएको प्रकरणले मलाई झडका हान्यो र नेपाली समाज अझै कति Conservative रहेछ? भनेर बुझ्न मेरो निम्ती एक Reference बन्यो दुर्गा सुवदीको जीवन ।

५. श्रीमती न्यायधीश र प्रधानन्यायधीश भएपछि मुद्दा मिलाईदिन भनेर अनुरोध-दवाब दिँदै सुवेदीलाई भेटेका २ (जेपी गुप्ता र लोकमानसिं कार्कीको केश) प्रतिनिधी घटनाहरू पुस्तकमा सुवेदीले उल्लेख गरेका छन् । त्यसमा लोकमानले ‘कार्की’को नाताले शुसीलालाई ‘दिदी’ बनाएर १० करोड गोडधुवा दिन ल्याएको प्रसंग, सुशीला कार्किलाई प्रचन्डले त्यो १० करोड किन नलिएको? भनेको प्रसंग । सुशीला कार्कीले प्रचण्डको कुरा मीडीयामा खुलासा गरेपछि प्रचण्डले ‘यिनलाई त यस्तो कुरा भन्नु नहुने रहेछ । सबतिर खोलिदिने रैछिन ।’ भनेर तर्सेको कुराहरु समेत पुस्तकमा उल्लेख छन् । ती घटनाबाट पार्टीहरूले कसरी न्यायधीशहरूलाई खरिद गर्दा रहेछन् भनेर अनुमान गर्न सकिन्छ । पढ्नेलाई त अझ धेरैको बेद खोलिदिए हुने’ भन्ने लागि रहन्छ ।

६. सुशीला कार्की घर चलाउँन कमाउँने र दुर्गा सुवेदी घर-नानी (छोरा) सम्हाल्ने, खाना पकाउँने गरेको प्रसंगले नेपाली समाजमा House husband को Concept पनि सुरु भएको बुझ्न सकिन्छ । र, सुशीला कार्कीको चोखो व्यक्तित्वलाई पनि थोरै र होसियार साथ पुस्तकमा उल्लेखित भएको छ ।

७. लेखन शैली सुवेदीको आफ्नै किसिमको छ । मेरा लागी त्यति “तान्ने” शैली लागेन । तर, नेपालको एक मात्र जहाज अपहरण कर्ता र पहिलो महिला प्रधानन्यायधीशको श्रीमानको भोगाई हो मैले पढ्नै पर्छ भनेर पढेँ ।

८. पुस्तकमा मन्तव्य लेख्दा बाबुराम भट्टराईले ‘इतिहास निर्माण र इतिहास लेखन फरक-फरक कुरा हुन् । अक्सर इतिहास निर्माण गर्नेले इतिहास लेख्दैनन् र इतिहास लेख्नेहरूले इतिहास निर्माण गर्दैनन्… इतिहास निर्माता र इतिहास लेकक एउटै व्यक्ती भएको …. दुर्गा सुवेदीको यो बकपत्र एउटा विरल दस्तावेज हो ।’ भनेकोमा केही (मात्र) सहमत हुँदै पुस्तक पढिसकेर दराजमा थन्क्याएँ ।

विचार चोके ।

Comments

comments

SHARE