-नाम्सादिम संवाददाता
न्युयाेर्क, सेप्टेम्बर १६ / शुक्रबार अमेरिकामा भएकाे अधिबेसनले सानुमाया तामाङलार्इ तामाङ समाज अमेरिकाकाे अध्यक्षमा चयन गरेकाे छ । तामाङ समाज अमेरिकाको पहिलाे अधिबेसनले तामाङलार्इ अध्यक्ष पदमा चयन गरेकाे हाे । समाजकाे बरिष्ठ उपाध्याक्षमा ब्रजेश मोक्तान, उपाध्याक्षमा सुमित्र योन्जन, महासचिवमा बुद्धिमान तामाङ र सचिवमा बिनिता तामाङ चयन गरेका छन् ।

यस्तै काेषाध्याक्षमा पुरु लामा, सहकोषाध्याक्षमा साजोन थोकरलार्इ चयन गरेका छन् । यसैगरी बोर्ड अफ डाइरेक्टरहरुमा युनिशा च्यासाङ, रेणु वाइवा तामाङ, विष्णुमाया मोक्तान, विष्णु तामाङ, दिलमाया तामाङ, अरुणा रुम्बा तामाङ, दिपेन्सा लामा, रोज बहादुर घिसिङ, तुल बहादुर तामाङलार्इ चयन गरेका छन् ।

अाइतबार न्युयोर्कमा सम्पन्न अधिबेसनको उदघाटन एनआरएन अमेरिकाको महासचिव विआर लामाले गरेका थिए । कार्यक्रममा तामाङ सोसाइटीका पुर्व अध्यक्ष भरत माेक्तान, तामाङ सोसाइटीको पुर्व अध्यक्ष शान्त थोकर, आदिवासी जनजाती महासंघ अमेरिका (फिफ्ना) का निवर्तमान अध्यक्ष लुइसाङ वाइवा, जन सम्पर्क समितिका सचिव भोजराज थोकर, नेपाल अमेरिका पत्रकार संघका पुर्व अध्यक्ष आङछिरिङ शेर्पा, रिज्युउड नेपाली समाजका अध्यक्ष रवि कोइराला  लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तामाङ समाजले डाइस्पोरामा रहेका सबै नेपाली समुदायको हितार्थ काम गर्दै विश्वभरि रहेका संघ-सस्थाहरुसंग हातेमालो गर्दै अघि बड्ने लक्ष्य रहेकाे नवनिर्वाचित अध्यक्ष सानुमाया तामाङले बताइन् ।

Comments

comments

SHARE