भदौ ३०, काठमाडौं/तामाङ कथानक चलचित्र ‘सेर्कु’ काठमाडौं जमलमा शनिबार प्रदर्शन भएको छ । राजकुमार मोक्तानले निर्देशन गरेको उक्त चलचित्र उप–सभामुख राधिका तामाङले उद्घाटन गरेको हो ।

चलचित्रमा कथा लेखन तथा नायकको भूमिका ऋितुराज पाख्रीन, नायिकाहरुमा चाँदनी मोक्तान, उर्मिला वाइबा, सुष्मा थिङ र सुष्मा मोक्तान रहेका छन् ।

चलचित्रमा अन्य कलाकारहरु विकास स्याङतान, श्याम लाल योन्जन, बैरागी मोक्तान लगायतले अभिनय गरेका छन् । चलचित्रमा अपाङ्गलाई हेर्ने दृष्ट्रीकोण र गर्ने ब्यवहार कस्तो छ भन्ने कुरालाई उजागर गर्न खोजेको आयोजक परिवारले जानकारी दिएको छ ।

सिद्धार्थ मोक्तानको निर्माण र सह–निर्माताको रुपमा भने निमा दावा रुम्बा र तेन्जिङ शेर्पा ह्योल्मो रहेका छन् । चलचित्रको गीतमा जीतु लोप्चन, अमृत लामा, र आर बि लामाको स्वर रहेको छ । चलचित्र सम्पादन भने राेशन फ्युबाले गरेकाे हाे ।

Comments

comments

SHARE