-नाम्सादिम सम्वाददाता (न्युयाेर्क)
भदौ २४ / न्युयाेर्कमा तामाङ समाज अमेरिकाले शनिबार कार्यालय उद्घाटन गरेकाे छ । अाफ्नाे पहिचान, कला भेषभूषा र माैलिकतालार्इ संरक्षण सम्बर्द्धन गर्ने उद्देश्यले गठन भएकाे समाजले काम गर्न सहज हाेस भनेर अाफ्नै कार्यालय खाेलेकाे जानकारी दिएकाे छ ।

समाजकाे कार्यालय प्रमुख अतिथिकाे रूपमा पुगेका नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदुत पुष्पराज भट्टराई लगायतका अतिथिहरूले संयुक्त रूपमा उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा तामाङ साेसाइटी अफ अमेरिकाका पूर्व अध्यक्षद्धय भरत माेक्तान, शान्त थाेकर तामाङ, जनसम्पर्क प्रमुख भाेजराज थाेकर तामाङ, विअार लामा लगायत अमेरिकामा रहेका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले सहभागी जनाएका थिए ।

कार्यालयकाे शुभारम्भ लामा गुरुहरूबाट पूजापाठ गरेर गरेका थिए । विगतकाे कुरालार्इ काेट्याएर बस्नुकाे साटाे आफ्नो समुदाय र समाजलाई अगाडि बढाउँन डायस्पोराका आदिवासी समुदायका संघ–संस्थाहरु लागि पर्नु पर्ने भट्टराईको बताउँनु भयाे ।

तामाङ समाज अमेरिकाले अमेरिकामा रहेका सबै संघ-संस्था एब् बुद्धिजीविहरूसंग सहकार्य गर्दै तामाङ समुदायकाे हितार्थ काम गर्ने समाजका अध्यक्ष सानुमाया थाेकर तामाङले बताइन् ।

Comments

comments

SHARE