भाद्र १६ काठमाण्डौ/ तामाङ चलचित्र “सेमरिन मुला माया “को बौद्धस्थित सिद्धार्थ सिनेमा हलमा च्यारिटी गरीएकाे छ । तामाङ चलचित्र प्रदर्शनकाे क्रममा नायक सञ्जय हुत्ता लामा, खुशी घिसिङ, सङ्गिता दोङ,कमल योञ्जन ,कमल लोप्चन साथै अभिनित कलाकारहरु एकसाथ हलमा उपस्थित भएका थिए ।

चलचित्रमा निमा दोङ, रुचिका गोले र निक्की दोङ बाल कलाकारको भूमिकामा अभिनय गरेका छन । धनी र गरीबबीच हुने अन्तर ,ल्होछारको चर्चा साथै आधुनिक तामाङ् संस्कारको आधुनिक चिन्तनलाई चलचित्रमा समाबेश गरिएको छ । मुस्ताङ, नुवाकोट र काठमाडौंमा छायाङ्कन गरेका गरेका छन् ।

रामेश्वर जिरेलले छायाङकन गरेको भिडियो नायक सञ्जय र अर्जुनले निर्देशन गर्नु भएको हो । चलचित्रमा लोसाङ लामा र सम्झना लामाले निर्माण ,माया मगरको मेकअप ,दिपक तामाङ र अजय स्याङ्तनको कोरियोग्राफी ,सोम कुस्कुमाझिको लेखन रहेको छ भने कथा नायक सञ्जय लामाकाे हाे । चलचित्रमा अतिथी कलाकारको भूमिकामा नायक सविन श्रेष्ठ ,नायक हुत्त सञ्जय लामा,नायिका खुशी घिसिङ,नायिका संगिता दोङ, भिम तामाङ, राजु झक्कास वाइबा , कमल लोप्चन, कमल योन्जनको अभिनय गरेका छन् ।

Comments

comments

SHARE