-नाम्सादिम संवाददाता
साइप्रस/आउँदो अक्टोबर २८ तारिखमा नेपाल तामाङ घेदुङ साइप्रसको पहिलो अधिवेशन हुने भएको छ । वरिष्ठ उपाध्यक्ष साङमो थोकर तामाङले भनिन् “बैदेशिक रोजगारिका लागि साइप्रस पुगेका तामाङहरुले भाषा धर्म, संस्कार संस्कृतिको संरक्षणका लागि विदेशमा रहे पनि हामी लागि रहेका छौं ।”
उनले थपिन्, “हामीले तामाङ समुदायको लागि सकेको सहयोग आफ्नो जन्म भूमि छोडेर आए पनि गरिरहेका छौं ।” साथै हामीले साइप्रसमा २३ अक्टोबर २०१६ मा स्थापना गरेर मृगौंला पीडित, गुम्बा, ल्होछार लगायत विभिन्न ठाउँका लागि हाम्रो संस्थाले काम गर्दै आइरहेका छौं ।
अधिवेशनसंगै दोस्रो वार्षिकोत्सव समेत मनाउँन लागेको आयोजकले जानकारी दिएका छन । आयोजकले बैदेशिक रोजगारिका लागि साइप्रस पुगेका सम्पूर्ण तामाङहरुलाई कार्यक्रममा उपस्थित हुन समेत अनुरोध गरेका छन् ।
नयाँ सदस्यहरुका लागि ५ यूरो र पुरानोका लागि नविकरण गर्न संस्थाले ३ युरो लिने निर्णय भएको हुनाले समयमा नै नविकरणका साथै नयाँ सदस्य लिनका लागि सूचना निकालेका छन् । नयाँ सदस्यका लागि संस्थाको निरु घिसिङ तामाङ र लक्ष्मी ब्लोन तामाङर्लाइ जिम्मा दिएका छन्, भने नानू गोम्ज (सीता), साङमो थोकर तामाङ र सुनिला दोङ तामाङलाई सम्पर्क गरेर जानकारी लिन सक्ने संस्थाले निकालेको सूचनामा प्रकाशित गरेका छन् ।