नेपाल तामाङ समाज ओमनको दोस्रो अधिवेशन सम्पन्न भएकाे छ । अगष्टमा १० मस्काटस्थित घाला अजैबामा तेजबहादुर तामाङको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति गरिएकाे छ ।

समाजकाे वरिष्ठ उपाध्यक्ष बिनोद तामाङ (बोरोज),उपाध्यक्ष पासाङ तामाङ, महासचिव सुबिस्ता तामाङ, सचिवमा मुना तामाङ र कृष्ण तामाङ कोषाध्यक्षमा दिपक तामाङ, सहकोषाध्यक्षमा रिना तामाङ महिला संयोजकमा सीता तामाङ,सदस्यहरुमा सीता थोकार तामाङ, जीवन तामाङ, चक्र मान तामाङ, चमेली तामाङ, योगेन तामाङ,बिपि तामाङ, एक्का तामाङ, पन्च तामाङ, करुणा तामाङ, कान्छी माया तामाङ, रुप तामाङ, मनिका तामाङ, सुकुमाया तामाङ, रुपा तामाङ लगायत रहेका छन् ।

समाजकाे संरक्षकमा राम तामाङ र सल्लाहकारमा वरिष्ठ सल्लाहकार दावा सङ्पो तामाङ, उमेश तामाङ,फुर्ब तामाङ,कार्सङ तामाङ र ओमकार तामाङ रहेका छन् ।

`नेपाल हाम्रो देश,अलग अलग भाषा र भेष तामाङ पहिचान जोगाउने हाम्रो अभियान विशेष´भन्ने मुल नाराको साथ सम्पन्न कार्यक्रम दूतावासका श्रम सहाचार्य कृष्ण कुमारी गौरीकी आतिथ्यमा कार्यक्रम सम्पन्न गरेका थिए । कार्यक्रममा उपस्थित सबैलार्इ समाजका सदस्य कृष्ण तामाङको स्वागत मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा आर्थिक प्रतिवेदन निवर्तमान कोषध्यक्ष पासाङ तामाङले प्रस्तुत गरेका थिए । समाजकाे प्रतिवेदन भने निवर्तमान अध्यक्ष राम तामाङले प्रस्तुत गरे ।

Comments

comments

SHARE