अहिले हाम्रो हातको घडिमा कति बजेको छ ? चीन, भारत अनि अमेरिकामा कति बजेको छ र किन यस्तो हुन्छ ? भन्ने विषयमा हाम्रो समुदायमा गहन अध्ययन र अनुसन्धान कमी छ । पात्रो भनेको जो जहाँ बसेको आफ्नो मुलुकको भूगोलबाट आकाशीय पिण्डहरू ग्रह, नक्षत्र, सूर्य, चन्द्र आदिको गतिविधिको आधारमा वर्ष निर्धारण गर्ने (सुर्यलाई पृथ्वीले एक फन्को मार्दाको समय), महिना (पृथ्वीलाई चन्द्रमाले एक फन्को लगाउँदाको समय) को गणना विधि हो ।

यसैको आधारमा गिनिच समयलाई आधार मानेर आ-आफ्नो देसको समय विन्दू (घडीको समय) निर्धारण भइ राखेको हुन्छ । त्यसमा पृथ्वीले सुर्यलाई घुम्दै जाँदा पृथ्वी सबै ठाउँमा एकै पटक त घाम उदाउने हुदैन, क्रमश हुँदै जान्छ । त्यसैले पृथ्वीको स्थान अनुसार कुन स्थानमा कति बजे सुर्योदय हुन्छ भन्ने निर्धारण र अध्ययन गर्ने शास्त्र नैकु खगोलशास्त्र हो । यसैमा आधारित भएर ज्योतिषशास्त्रको निर्माण भएको हुन्छ र दिन, महिना र वर्षको निर्धारण हुन्छ । त्यसैले चिनमा नयाँ वर्ष परेकै दिन नेपालमा ल्होछार खोज्‍नु गल्ती हुन जान्छ तर गणीतिय संयोग मिलेको बेलामा एकै दिनमा पनि ल्होछार पर्ने र मिल्न आउँछ पनि, यसको उदाहरण हामीसँग धेरै छन र अनुभव पनि गरिएको इतिहास छ।

तर चरा वर्ष अर्थात गत वर्ष तामाङ घेदुङले प्रकाशन गरेको पात्रोमा नेपाल देशीय समय अनुसार अधिकमास छैन र नहुँदा नहुँदै पनि जबरजस्ती पारिएको छ। यो कुरा त ग्रह नक्षेत्र, चन्द्र र सुर्यको गतिविधि मापन गर्ने निकायहरूले प्रमाणित रूपमा लेखिदिएको छ भने सूर्य र चन्द्रको गतिको माप नेपाल र चीन अनि सोनाम ग्युरमे र अजितमानलाई मात्र फरक हुने होइन । सामान्यतया अधिकमास चन्द्र वर्षको २९.५x१२=३५४ हुन्छ र सूर्य वर्ष अनुसार ३६५ दिन हुन अपुग ११ दिन प्रत्येक ३ वर्षमा एक पटक एक महिना नै थपेर अधिकमास पात्रोमा जोडिन्छ र यसलाई नै मलमास पनि भनिन्छ ।

यो मलमास नेपालमा बि.स. २०७५ मा हुनेछ भने तिब्बती परम्परागत पात्रोमा नेपालमा जोडेको अर्को वर्षको पात्रोमा मात्र जोडिनेछ । त्यस्तै चीनमा पनि यसरी नै सन २०१४ मा मलमास/अधिकमास वर्ष परेको कारण सन २०१५ मा नेपालमा हामीहरूको ल्होछारको दिन चिनीयाहरूसँग सोनाम ल्होछारको माघ शुक्लपक्ष प्रतिपदा कै दिन पर्न आएको थियो र हामीले सँगै ल्होछार मनाएका हौं । तीन वर्षपछि सन २०१७ मा फेरि चीनको पात्रोमा अधिकमास/मलमास जोडिएको छ या परेको छ र यसैगरी चीनमा फेरि सन २०२० यस्तो प्रक्रिया दोहोरिने छ ।

मलमास/अधिकमास सदाको झै तीन वर्षमा एक महिना थप भएको चलन भन्दा यसपाली अधिकमास चीनको पात्रोमा फरक तरिकाले जोडिएको छ । यो लिङ्कमा हेर्नुहोस चिनियाहरुले नै लेखेका छन्, यो चरा वर्ष चीनमा विशेष खालको परेको छ । https://news.cgtn.com/news/3d49444e346b544d/share_p.html । यो चीनको अङ्ग्रेजी भाषाको टिभि च्यानलको वेभसाईट हो ।

Why are there 384 days in the Year of Rooster ? 

People in China use two calendars: the widely-used solar calendar, better known abroad as the Gregorian calendar, and the Chinese lunar calendar.

For traditional Chinese festivals and holidays – like the Lantern Festival, the Mid-Autumn Festival and the most important one, Spring Festival – people use the lunar calendar.

However, the upcoming Year of the Rooster will be a special year, with 384 days on the lunar calendar… 30 more than usual!

How Do 30 Extra Days Appear In The Lunar Calendar?

Generally, there are 353, sometimes 355 days, in each Chinese lunar year, as it is based on the cycles of the moon.

Given the difference in the number of days between the lunar and the solar calendar, various intercalation schemes were invented during the Shang Dynasty (about 1675 to 1046 BC) to reconcile the two calendars. One of them was the 19-year lunar phase cycle, which has been handed down to present times.
Under the 19-year cycle, an extra month is added to the lunar calendar seven times in each cycle to ensure that both the lunar and solar calendars are synchronized. These leap years occur every two or three years and the Year of the Rooster is one such year.

Accordingly, there will be six months with 29 days and seven months with 30 days in the Year of Rooster, according to astronomer Zhao Zhiheng. The last leap year occurred in 2014 and the next will be in 2020.

When Is This Extra Month Happening ?

The extra month isn’t always inserted into the lunar calendar at the same time of year. When it occurs depends on calculations involving the 24 solar terms in each year, which are divided into 12 Zhongqi and 12 Jieqi.

This year, the extra month will fall after the 6th lunar month, from July 23 to August 21. It is simply called the 6th intercalary month, to avoid changing the order of the following months.

Did You Know The Year Of The Rooster Will Have Two Start Date For Spring ?

“Lichun” is the start of spring in the Chinese lunar calendar and is one of the 24 solar terms, usually happening on February 3 or 4. Since the Year of the Rooster will be longer than usual, starting on January 28, 2017 and ending on February 16, 2018, it will include two “Lichun”.
Guo Kuncong, a specialist in folklore at Xiamen Folklore Academy says that this “double” event augurs well and since spring is a season when all living things come back to life, the double spring will be a perfect time for people to get married and have children.
यहाँ हेर्नु भयो भने सोनाम ग्युर्मे जीको पात्रोमा तामाङ बेल्बो महिनालाई जाचा भनेको छ किन र के कारण यो नाम दिईएको हो ? July 23 to August 21. हेर्नुहोस अनि तिथिहरू हेर्नु चीनको जस्ताको त्यस्तै कपिपेष्ट छ । खेन्पोजीको मौलिक ज्योतिषविज्ञानको यहाँ हाँनेर त्रुटि हो । उहाँले मान्नु हुन्छ या हुन्न उहाँको आफ्नै व्यक्तिगत मौलिक भन्नुहुन्छ । उहाँ नै जान्नु होला तर यो चीनको बेजीङमा सूर्योदय हुँदाको समयलाई आधार मानि गरिएको क्यालकुलेसन हो ।

अनि सोनाम ग्युर्मेजीको धयानाकर्षण गर्न चाहन्छु मन्जुश्री तामाङको मात्र होइन सबै हिमाली बौद्द जगतको हो । बोधिसत्ब मन्जुश्रीको कथा मलाई भन्दा वहाँलाई नै धेरै छ । मलाई मात्र यो थाहा छ की मन्जुश्रीबाट खगोल ज्योतिषशास्त्रको विज्ञानको बारेमा देशना गर्नु भएको हो । वहाँ नै पात्रो निर्माता अनि वहाँकै नाममा पात्रो परम्परा छैन । वहाँलाई तामाङको मात्र भनेर संकुचित पार्नु हुँदैन । वहाँ तामाङको कोखमा जन्मनु भएको हामी दाबी मिल्छ तर यसरी महामञ्जुश्रीलाई विवादित तुल्याउनु महा मुर्खता हो ।

ग्युर्मेजीले बुझ्नु पर्ने कुरा मैले गुम्बाव्यवस्था समितिमा काम गर्दा वहाँजस्ता कति लामा गुरूहरूसँग साक्षात्कार गरेँ होला ? दर्शन गरेँ होला ? अनि लुम्बिनी बुद्धको जन्म भुमिमा ५ वर्ष काम गर्दा कतिसँग निर्माणका लागि सम्पर्क गरेँ होला, कतिले त्याग गरे होला तर वहाँहरूको तुलना तपाईसँग गर्नु व्यर्थ छ ।
माथि चिनियाहरूले HOW DO 30 EXTRA DAYS APPEAR IN THE LUNAR CALENDAR?
Generally, there are 353, sometimes 355 days, in each Chinese lunar year, भनेकै छ । किन यसपाली चीनको चन्द्र वर्षमा ३८४ भयो? अनि चन्द्रपात्रोमा तामाङ बेल्बो-लालाई ग्रेन र जाचा भन्ने नाम कताबाट किन जुराउनु भयो ? अनि २३ जुलाइ सुर्य महिनाको दिन चिनिया जुन चन्द्र पात्रो चन्द्र महिनाको परेवा रहेको छ ।

हेरनुस् https://www.yourchineseastrology.com/calendar/2017/7.htm ।
तपाईको पात्रो खासै कुनै आधार त छैन नै यदी यहि चिनीया पात्रोलाई आधार मान्ने हो भने पनि २३ जुलाई देखि २१ अगष्ट नेपालमा तामाङ घेदुङको तपाईले सम्पदान गर्नु भएको पात्रोमा यो वर्ष कसरी निकालनु भयो ? तपाईकै पात्रोमा कुन तिथिले त्यो बेल्बो-ला भनेर महिनाको नाम दिई समकेपछि त बेल्बो-ङ्या पो हुनु पर्ने हो ? यदि तामाङकै हो भने किन गोने-ङ्या लेख्नुभयो ? आफ्नै मिहिनामा भारतीय साउन पूर्णिमालाई गोने-ङ्या लेखिएको हो भने खोइ त ग्युर्मेजीको पात्रोमा बेल्बो-ङ्या ? अनितपाईको मौलिक पात्रोले तामाङलाई त बिगार्‍यो नि होइन र ? अनि कृष्ण जन्मष्टमी त तामाङको होइन । नेपाल देशीय पन्चाङ्गमा ३० गते १५ अगस्तमा छ ? भगवान बुद्धको प्रथम धर्मचक्र प्रवर्धन दिवस किन २६ जुलाईमा ? हेर्नुहोस् https://www.buddhanet.net/e-learni…/…/lifebuddha/2_2lbud.htm (Part One) 20. The Buddha’s First Teaching. The Buddha’s first teaching was called the Dhammacakkappavattana Sutta, which means the Turning of the Wheel of Truth. It was given on the full-moon day of July, called Asalha. हेर्नुहोस्, नाग पन्चमी २७ जुलाईमा किन ?

नेपाली हिन्दूको चाड पात्रो विपरित किन भयो ? अष्टमी पनि कृष्ण जन्माष्टमी लेखिएको छ तर तपाई कै पात्रोको पानामा त नवमी छ त ? एउटा भए त प्रुफ मिस्टेक भन्नु होला, जसलाई चन्द्र पात्रोको महिमा र महत्व थाहा छैन भने किन चन्द्र पात्रो चन्द्रपात्रो भनेर कयौं त्रुटिहरू भएको पात्रो देखाएर हामी तामाङहरूलाई दिभ्रमित पार्नु हुन्छ, ग्युर्मेजी ? कृपया लामा पदवीको बेइजत नगर्नु होस्, मेरो बिन्ति छ ? यो त सिर्फ जुलाई र अगस्त महिनाको त्रुटी हो अरू आफै हेर्नुहोस् ? के हामीले घेदुङ मार्फत खगोलशात्रीहरूको भेला बोलाउनै पर्ने भएको हो त ?

झुटो टिक्दैन सत्य झुक्दैन । थप हेर्नुहोस ग्युर्मेजीको Sep-Oct महिनाको तामाङ-चीमा के के त्रुटि भएको छ ? चन्द्र महिनाको दिनमा कति कति घडि र कति पला एक दिनमा हुन्छ ? थाहा पाउनुहोस् । लामा गुरूज्यूकोमा हामी सबै जना सिक्न आउन्छौं, धन्दा नमान्नुस । जिन्दा हामी हुन्छौं महिनामा कसरी निकालिन्छ मलमास/अधिकमास महिनाको बारेमा जान्नुहोस ? र हामीलाई बताउनु होस् ।

कुन विश्‍वविद्यालयको पन्चाङ्ग हो, मन्जुश्री विधि त तपाईकै भनाईमा चिनियाको पनि हो तिब्बतीको पनि । यस्तो गलत र भ्रमक कुरा बोकेर तामाङ समाजमा खेन्पोले जे पायो त्यही गर्न पाइन्छ ? यो बिड्बना हो कि लाटो देसमा गाँडो तन्नेरी । थुजेछे ।
-लेखक अजीतमान तामाङ हुनुहुन्छ । उनी नेपाल तामाङ घेदुङ केन्द्रीय उपाध्यक्ष हुन् ।

SHARE