-अनिल स्याङ्बो

गायक आस्मान लोप्चनको खान्दोके सेलो भाका `तामाङको हुल उठेउ´ अफिसियल भिडियो सार्वजनिक भएकाे छ । सिन्धुपाल्चोक जिल्ला आस-पासमा प्रचलित भाका खान्दोके सेलो गीतको भिडियो शुक्रबार युट्युव च्यानल मार्फत सार्वजनिक गरेकाे हाे ।

लोप्चनको आफ्नै शब्द संगित र स्वरमा रहेको गीतलाई बुद्ध लामा तितुङले निर्देशन गरेकाे छ । लोप्चन स्वयम आफै अभिनय गरेकाे भिडियोमा प्रितम तामाङ , रन्जिता तामाङ ,आस्मा लामा र बले तामाङले अभिनय गरेका छन् ।

रामेश्वर जिरेलले खिचेको भिडियोलाई दिपक तामाङले सम्पादन गरेका हुन भने छायांकन सिन्धुपाल्चोक जिल्लाको धुस्कोटमा गरेको हो । मौलिक परम्परा झल्किने गीत भएकै कारण तामाङ समुदायको मौलिक परम्परालाई समेटिएर भिडियो निर्माण गरेको निर्देशक बुद्ध लामा तितुङले बताए । लोप्चनले आस्याङ्कि छोरी, हिमाल पारिको गाउँ र नक्कलि गोरि ठिटिलाई भन्ने गितमा अभिनयसंगै स्वर दिइसकेकाे छ ।

लाेप्चनले भने, `तामाङ समुदायमा सैलुङ्गे जुहारि, फापरे सेलो, म्हेन्दोमाया भनेझै खान्दोके भाका पनि तामाङ सेलोको एक पाटो हो ।´ साथै खान्दोके भाकाको प्रवर्द्धन गर्नको निमित्त सदैब लागि पर्ने बताए ।

SHARE