-नाम्सादिम डेक्स
आगाेले जलेर घाइते भएका वीरबहादुर तामाङलाई उपचारका लागि मंगलबार नेपाल तामाङ घेदुङको संयोजनमा संकलन गरेको रकम रु. ३५,००० हस्तान्तरण गरिएको छ । कैलाली घेदुङका सदस्य समेत रहेका तामाङलाई घेदुङका अध्यक्ष मोहन गोले तामाङ, महासचिव बाबू घिसिङ र बिपद ब्यबस्थापन प्रमुख तथा सचिव रामकृष्ण ब्लोन तामाङको टोलीले अस्पतालमा पुगेर उक्त रकम हस्तान्तरण गरेको हो ।

आर्थिक अबस्था कम्जोर रहेका तामाङलाई शैलुङ रिगसुम गोन्पो सेवा समाजका महासचिव कुमार थोकर रु. ५०००, नेपाल तामाङ घेदुङ केन्द्रिय समितिको तर्फबाट रु. २०००, नाङ्साल क्लवका महासचिव रत्नकुमार तामाङ रु. २०००, सोनि मोक्तान रु. १५००, गायक टीका बोम्जन रु. १५००, माणिक लामा ११००, मिनबहादुर ब्लोन १००० लगायतले सहयोग गरेका थिए ।

अागाे ताप्ने क्रममा तामाङले लगाएकाे लुगामा अागाे लागेपछि तामाङ घइते भएका थिए । हाल उनलाई काठमाडौंको ट्रमा सेन्टरमा राखेर उपचार गरिरहेको घेदुङका अध्यक्ष मोहन गोले तामाङले जानकारी दिएको छ । उपचारको लागि तामाङलाई अझै २० दिन अस्पतालमा राख्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताए ।

आर्थिक अबस्था कम्जोर रहेका तामाङको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गर्न घेदुङका अध्यक्ष गोलेले अनुरोध गरेका छन् ।

 

SHARE