काठमाडौं पुस । एस के प्रोडक्सन एण्ड मिडिया प्रालिको प्रस्तुती रहेको आधुनिक गीत ‘मुटुको ढुकढुकी’ युटयुवमा सार्वजनिक गरेकाे छ । चर्चित गीतकार नृपेश उप्रेतीले सिर्जना गरेको उक्त गीतको म्युजिक भिडियोमा निर्माता तथा नायक सोहम भेटवाल र मोडल एलिना रायमाझीलाई फिचरिङमा देखाइएको छ ।

भिडियोमा सोहम भेटवाल र एलिना रायमाझीको आकर्षक अभिनय रहेको छ । भिडियोमा सोहम र एलिनाको रोमान्स सलिन रुपमा पस्तुत भएको देख्न सकिन्छ । गीतमा शान्तिम कोइराला र सपना रानी जोशीको स्वर रहेको छ भने गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

म्युजिक भिडियोलार्इ  निर्देशन भने सोम कुस्कुमाझीले गरेका छन् । अर्जुन सापकोटाले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेकाे हाे ।

SHARE