पार्टी एकताको निर्णय भएको तीन महिना भन्दा बढी समयपछि एमाले–माओवादी केन्द्रका शीर्ष नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक आज ३ बजे बस्नेभएकाे छ ।

बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बोलाइएको छ । दुबै पार्टीले १७ असोजमा एकता संयोजन समितिको निर्माण गरेका थिए । समितिमा एमालेका ४ र माओवादी केन्द्रका ३ नेता छन्।

एमालेबाट अध्यक्ष केपी शर्मा ओलीका अलवा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालका अलावा महासचिव ईश्वर पोखरेल सदस्यका रुपमा छन्।

माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ रहेका छन्।

SHARE