-धर्मचन्द्र याेञ्जन तामाङ

गायक तथा संगितकार विश्व दोङको च्याना कुटु तुनुपुटु पञ्चे बाजा बोलको नेपाली गीतको म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएको छ । गीतलार्इ अाइतबार सार्वजनिक गरेकाे हाे । गायक दोङको लय/शब्द रहेको उक्त गीतमा सुशील श्रेष्ठ र निकिता क्षेत्रीको अभिनय रहेको छ ।

प्रविण तामाङको निर्देशनमा तयार पारिएको उक्त म्युजिक भिडियो सुर्य लामाले सम्पादन गरेका हुन । गायक तथा संगितकार विश्व दोङको स्नेह एल्वममा समाहित म्युजिक भिडियोको जिग्मे मिडियाले उत्पादन गरेको हो भने अडियो रेकर्डिङको काम समेत जिग्मे मिडियाले नै गरेको थियो ।

संगीतकार दाेङकाे ल्हाेछारकाे नयाँ गीतहरू पनि रेकर्डिङकाे क्रममा रहेकाे बताएकाे छ । उनले तामाङ सेलाे, तामाङ, लाेक पप, नेपाली लगायतका धेरै गीतहरूमा संगीत भर्नुका साथै स्वर दिर्इसकेका छन् ।

SHARE