मलेसिया । तामाङ बौद्ध महासंघ मलेसिया र नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाको संयुक्त आयोजनामा डम्फु साँझ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ ।  पञ्च वर्षीय बौद्ध धर्म म्हानी मोलम शिक्षा तथा लिपि प्रशिक्षण सहयोगार्थ सोमबार मलेसियाको क्वालालम्पुर स्थिति केलाङमा उक्त कार्यक्रम गरेकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष फूपू तेम्बा शेर्पा विशेष अतिथि चलचित्र निर्माता तथा निर्देशक राज कुमार मोक्तान तामाङ अतिथिहरुमा शेर्पा किदुग मलेसियाका अध्यक्ष तेन्जी शेर्पा, नेपाल मगर संघ मलेसियाका वरिष्ठ उपाध्यक्ष दिपु पुलामी, तामाङ समाज मलेसियाका अध्यक्ष चक्र तामाङ, पर्देशी धामाकाका प्रबन्धक निर्देशक रमेश पौडेल, भोजपुर सेवा समाजका सह-सचिब रविन राई, नेपाल प्रावसी सितोरियो कराते संघ मलेसियाका सदस्य राम तिदुङ तामाङ, चौतारी रेस्टुरेन्टका संचालक राजु श्रेष्ठ , हिमालय अवार्डका म्यानेजिङ डाइरेक्टर राम चेम्जोङ राई , नायक तथा लेखक रितुराज पाख्रीन तामाङ र ताम्बा मिग्मार मोक्तान तामाङ लगायतले कार्यक्रममा सहभागि जनाएका थिए । 

कार्यक्रममा ताम्बाहरूले गीत गाउँनुका साथै कलाकारहरूले अा-अाफ्नाे प्रस्तुति राखेका थिए । उक्त कार्यक्रममा तामाङ चलचित्र सेम ताबा म्हि को पनि प्रदर्शन गरिएकाे थियाे । अभियानका संस्थापक फूपू तेम्बा शेर्पाले मलेसियन रिंगेट ५ सय १ सहयोग गर्ने प्रतिबद्धता जनाएकाे छ भने तामाङ समाज मलेसियाका अध्यक्ष च्रक तामाङ महासचिव छेवाङ तामाङ र कोषध्यक्ष भिम लोप्चन तामाङले ४ सय मलेसियन रिंगेट तामाङ बौद्ध महासंघ मलेसियाका महासचिवलाई हस्तान्तरण गरेको छ ।

तामाङ बौद्ध महासंघ मलेसियाका महासचिव सोनामनोर्बु बोम्जन तामाङको अध्यक्षतामा भएकाे उक्त कार्यक्रमकाे सन्चालन भने  सागर योन्जन तामाङले गरेकाे थियाे ।

SHARE