आदरणीय स्वाभिमानी तामाङ समुदाय,आदरणीय स्वाभिमानी तामाङ समुदाय,फ्याफुल्ला !

तामाङ समुददायले मनाउँदै आएको नयाँवर्ष पर्वका सम्बन्धमा हामीले लामो तामाङ आन्दोलनका दौरानमा ठम्याउँदै स्थापित गरेको एउटा मान्यताले आज २५ सौ ल्होछार उत्सबका वर्षहरु वितताइसकेको रहेछ । तर पनि भर्खरै हिजो झै लागि रहेको छ । हामी तामाङहरूको पावन महान ल्होछार सम्बन्धमा दिग्भ्रमित नहोस, तामाङ पहिचानको रक्षाक तथा सम्बर्द्धन, संरक्षणका हेतु यो आह्वान गरि रहेको छु ।

तामाङ साथिहरूले नेपाल देसीय चीथात् यसपालीको नेपाल देसीय (पञ्‍चाङ) पत्रोहरूका आधारमा यदि असलि तामाङ समुदायको प्राचीनकाल देखि मान्दै मनाउँदै आएको ल्होछार अर्थत् नयाँवर्ष फेरिने दिन उत्सव तथा पर्व पनि हो । यसपाली तामाङ प्रथम चन्द्र महिनाको प्रथमदिन ख्रेला छेपा गी (माघशुल्कपक्ष प्रतिपदा) यसपाली माघ ४ गते) नै परेको विषय सत्य हो र तामाङ समुदायले आफुले पहिचान गरेर सरकारलाई राष्ट्रिय पर्वको मान्यता र बिदा पाउन किटानीका साथ माग गरेको दिन र तिथी पनि यहि दिन कै हो । २०५१ सालमा नै राष्ट्रिय पर्वको मान्यता प्राप्‍त राष्ट्रिय ल्होछार पर्व पनि यही हो ।यो दिन नै माघ सुक्लपक्ष प्रतिपदा हो अर्थात् माघ चन्द्र महिनाको पहिलो दिन तामाङ वर्षको तामाङ पहिलो महिना “ख्रेला”को प्रथम दिन अर्थात् पौषऔ‌सीको भोलि पल्टको दिनको ‘प्रतिपदा तीथी’ छेपा गी आरम्भ हुने दिन हो ।

किन भने दिसेम्बर अङ्ग्रेजी महिनाको अन्ततिर दिन गुरूङहरूले ल्होछार मनाएकै दिनबाट चिनमा पनि “स्याअु सीननीयन” सानो वर्षे नयाँवर्ष अथवा प्रारम्भ वा सानो रूपको ल्होछार मनाएका छन् । बुझ्न चाहनु हुन्छ भने बुझ्नुस चीनमा । अनि त्यसपछि स्प्रीङफेस्टिभल सुरु हुन्दै छ । अनि माघशुक्लपक्ष प्रतिप्रदा परेवा आरम्भ भएकै समयबाट “सिननियन” मनाउँदै छ, (चिनीया भाषामा सीन भन्नाले नयाँ छार हो भने नियन भन्ननाले वर्ष ल्हो १२ जीव जन्तुको नामबाट गणना गरिने “ल्होखोर च्युङ्नी” नयाँवर्ष नै हो ।) नयाँ वर्ष सुरु हुन्दैछ । फागुन ४ त चिनिया तिब्बती हरूको ल्होछार हो । त्यो पनि सबै तिब्बतीले मान्दैन, नेपालमै पनि दोलबु (डोल्पा) रूङ अर्थात् लोसार हामी ल्होछार भन्छौ त्यो पनि माघ ४ गते नै सुरु हुन्छ । त्यस्तै योल्मो ल्होछार, मुस्ताङका मार्फाका थकाली दाजुभाईको ल्होछार माघसुक्लपक्ष प्रतिपदाका दिनमै मनाउँदै आएको छ । भारतीय कालचक्र तन्त्र हाम्रो प्राचीन पात्रो परम्परा होईन । तिब्बती को पनि होईन । यो त कार ची परम्परा हो । हाम्रो परम्परा नाग्ची हो, हाम्रो ल्होखोर च्युङनी जीवा (मुसा) बाट सुरू भइ फाग (बनेल)  वर्ष रहेको बाह्रवर्षे चक्र प्रणाली अनुसारको यसपाली आउने ल्डो  कुकुर हो (खी) ल्हो हो ।

त्यसैले त तिब्बती पत्रोहरू जसलाई दाथो र लोथो अर्थात् महिनाको आधारमा दाथो भनिन्छ र लोथो वर्षको आधारमा चलि आएको कुनै पनि पात्रोको पहिलो महिना उनीहरूकै तर्क अनुसारको नेपाली र कासी पात्रोको फागुन सुक्लपक्ष प्रतिपदाबाट उनीहरुले पनि आज सम्म पात्रो बनाउन सकेको छैन । त्यो पात्रो त उनीहरूको बैशाख देखी उनीहरूको दावा सुम्पा अर्थात् तेस्रो चन्द्र महिना त कहिले चौंथो महिना अर्थात् नेपाली तथा कासी पात्रोको बैशाख महिनाबाट मात्र तिब्बती लोथो र दाथो को पानाहरूको पहिलो चरणहरू निर्माण गरेको हुन्छ चाहे त्यो खुनुको पात्रो होस् या तिब्ब होती होस् ।

त्यसैले तामाङहरूको सटिक र तथ्यगत विषयलाई मोडेर व्याख्या गर्नु खोज्नु दास मानसिकता मात्र हो । यो अनावश्यक गलत तर्क ल्याएर एकपाते भित्ते पात्रो बनाउँदैमा त्यो असली तामाङ पात्रो हुने कुनै आधार छैन ।तामाङको ठुङसा, बापसा र केसा अनी नाम्सा, खीम्सा, युल्सा तथा ग्याल्साको स थाहा नहुनेहरूले धर्मशास्त्रको दम्भलाई व्यक्तिको संस्कृतिमाथि प्रहार गर्नु उचित हुँन्दैन । धर्ममा मेरो तेरो भन्ने हुँन्दैन सबै बुदिस्ट भएपनि स‌स्कृति र परम्परा फरक नै हुन्छ । श्रील‌काली बुदिस्ट हुन तर हाम्रो जस्तो ल्होछार १२ जिव जन्तु तथा पन्छिको वर्ष परम्परा त्यहाँ भिन्न छ । अनि तामाङ साथिहरू हो । खबरदारी गरौं हामीले सरकारबाट मान्यता पाएको माघसुक्लपक्षप्रतिपदाका दिनको बिदा समेत खारेजीको माग राखी फागुनसुक्लपक्षको प्रतिपदा जुन दिन नेपालका शेर्पा तथा तिब्बतीयनहरूले ल्होछार मनाउने दिन हो । हामी तामाङहरूको होइन। नेपाल सरकारको गृहमन्त्रालयमा मोहन गोले लगायतमा टीम गएर हाम्रो माघसुक्लपक्षप्रतिपदाको दिनको सोनाम ल्होछार पर्व बिदा खारेजीको मागपत्र बुझाएको छ, यो कार्य तामाङ समुदाय माथिको धोका र बेईमानी हो ।

यसले हाम्रो पहिचान र बिरासत मेटाउने कार्य गरेको ठहरिने छ । हाम्रो तामाङ सोनाम ल्होछारको बारेमा २०४५-४६ को जनआन्दोलन पछि हामीले अध्ययन गरी नेपाल सरकारबाट स्वीकृति पाउनको लागि लामो छलफल बहस पछि मात्र बल्ल नेपाल तामाङ ग्हेदुङले बि‍‍ स २०५१ सालमा सरकारबाट तामाङहरूले माघ महिनामा पर्ने तामाङ प्रथम चन्द्र महिनाको प्रथमदिन  माघ सुक्लपक्षप्रतिपदा देखि ल्होफेर्ने परम्परा हामीले मान्दै आएको हो, यो हाम्रो मौखिक तथा सांस्कृतिक रूपमा प्रचलनमा रहि आएको अवस्थामा थुप्रै ल्होछार मान्दै आएका समुदायका बिचमा छलफल गरेर मात्र चन्द्रमाघ महिनाको प्रथमदिन अर्थात् माघसुक्लपक्ष प्रतिपदा ख्रे-ला छेपा-गीका दिन तामाङ ल्होछारको दिन हो भन्ने टुंगोमा पुगेको हो । यो तिथि वैज्ञानिक रहेकाले नै तत्कालीन समयमा तामाङ, योल्मो, दुरा, तत्कालीन समयमा शेर्पा र गुरूङ समुदाय सहित व्यापक छलफल गरी सरकारलाई विदा तथा राष्ट्रिय पर्वको मान्यता दिन संयुक्त रूपमा अनुरोध र आव्हान गरेपछि तत्कालिन स्वर्गीय मनमोहन अधिकारीज्युको प्रधानमन्त्रीत्वकालमा ल्होछार मान्नेहरूका लागि भनेर राज्यबाट यो दिनलाई तामाङहरूको महान ल्होछारको तीथिका दिनका रूपमा राजकीय राष्ट्रिय मान्यता प्रदान गरी बिदा दिईँदै आएको छ। यो दिन प्रचलित नेपाल तथा भारत देसीय पात्रो अनुसार माघ सुक्लपक्ष प्रतिपदाका दिन अर्थात यसपाली माघ ४ गते नै हो ।

जुन प्राचीन चीनिया परम्परा चनुसार नै रहेको थियो । खै किन हो ? के कारण हो ?  मेरा साथिहरूले आज २३-२५ वर्ष सम्म संघर्ष गरेर विस्तारै स्थापित गर्दै ल्याएको यो प्रचीन तामाङजातीको मौलिक परम्परा जसलाई तामाङहरूले २५० वर्ष भन्दा लामो गोर्खाली उपनिवेसको पन्जाभित्रबाट तामाङ समुदायले नछोडि आएको कथन “माघलारी ल्हो पोबारो” भन्ने मौलिक सत्य र तथ्य कथनको यो अवशेषलाई तत्कानीन नेपाल तामाङ घेदुङको नेतृत्वले नेपालमै सांस्कृतिक पूनरजागरणको बलियो अभियान मार्फत् स्थापित् तामाङ पहिलो महिना ख्रेलाको प्रारम्भ दिन नेपाल देशीय पात्रो परम्पराले माघसुक्लपक्ष प्रतिपदाको दिनलाई समेत एक महिना पछाडि फाल्गुन सुक्लपक्ष प्रतिपदाको दिनमा पुर्याएर कमसेकम प्रमाणीक पन्चांङ पात्रो आधार बीना नै चन्द्र माघमहिनालाई नै फाल्गुन पुर्याई दिए पछि, अब हाम्रो ल्होछारलाई किन ?  सोनाम भनेर नक्कली माया दर्शाउन खोज्‍नु भएको साथिहरूको मनसाय बुझ्‍न कठीन छ ।

यो बिचलन आएको त होइन ? अब त, बैशाख पूर्णीमा बुद्ध जयन्ति पनि बैशाख पुर्णीमा नभएर तिब्बतीहरूले झैं जेष्ठ भन्न चाँही सागा बिशाखा बैशाख मान्ने चाँही जेठ महिनामा पुगेको हुन्छ । तसर्थ यो नेपालसंगत र तथ्य संगत छैन, म आफू तामाङ घेदुङको अधिवेसनबाट निर्वाचित उपाध्यक्ष हुँ । तर खै मलाई तामाङको २४-२५ वर्ष लामो इतिहास बोकेको तामाङ घेदुङको मुल्य र मान्यताको (सोनाम) ल्होछार अब सँच्चै नै ग्याल्बो ल्होछारको दिनमा मिसाउने विषयमा मेरो असहमति र आपत्ति पनि जताउन चाहन्छु ।के अब घेदुङमा सङकट आएको हो ?  हो भने हामीले आपतकालिन विशेष महाधिवेसन बोलाउनु पर्छ । नयाँ जनमत लिएर मात्र तामाङ समाजले दसकौंको अभ्यास गरि आएको संस्कृतिलाई बदल्नका लागि विचार गर्न सकिन्छ । पहिले एउटा मान्यता स्थापना गर्ने अनि फेरि व्यापक छलफल नगरी एक्कासी बदल्नु अस्वाभाविक हुन्छ । तामाङ पहिचानलाई यसरी अनिश्चितताको बाटोमा लैजानु तामाङ समुदायलाई धोका दिनु हो। नसक्नेले मैदान छाडि दिनु पर्छ । सबै सँग न्यायोचित छलफल गरेरमात्र निष्कर्षमा पुग्दा सवैको हितमा हुनेछ, भन्नेमा पूर्ण विश्‍वस्त पनि छु ।
ल्हास्से ।थुजेछे ।
अजितमान तामाङ, उपाध्यक्ष, नेपाल तामाङ घेदुङ, पूर्बसदस्य-सचिव, गुम्बा व्यवस्था समिति, पूर्व सदस्य-सचिव लुम्बिनी विकास कोष, Phd विद्यार्थी बौद्ध अध्ययन,सम्पर्क ९८५११ ६१३३३,

SHARE