–नाम्सादिम संवाददाता
चाहाना ब्लोनको शब्दमा ‘चो¥यो नि चो¥यो’ तामाङ सेलो गीत युट्युव मार्फत आईतबार सार्वजनिक गरेको छ । पछिल्लो चरण चाहानाको शब्दमा धेरै जसो कलाकारले गीत गाउने गरेका छन् ।

सेलो गीतको भिडियोलाई भर्खरै डम्फू मिडियाले बजारमा ल्याएको हो । युनिक दोङ तामाङले स्वर दिएको गीतमा भिडियो निर्देशन भने अमिर दोङ तामाङले गरेको छ ।

भिडियोमा मोडल वर्षा थिङ तामाङ, अस्विन तितुङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । जोगलाल तामाङले संगीत दिएको भिडियोलाई छायांकन बिक्रम लामा तामाङले जर्सिङ पौवामा गरेका थिए ।

ब्लोनले २५,३० वटा तामाङ, तामाङ सेलो र नेपाली आधुनिक गीत रेकर्डिङको लागि पठाईसकेको नाम्सादिमलाई बताए । उनले हालसम्म एक दर्जन गीतहरु रेकर्ड गराईसकेका छन् ।

SHARE