ब्याट्रीमा समस्या देखिन थालेपछि आइफोनका केही पुराना मोडललाई स्लो बनाएको विषयमा चर्को आलोचना भएपछि एप्पल कम्पनीले माफी मागेको छ।

उक्त कम्पनीले पहिलेदेखि नै थुप्रै ग्राहकले नयाँ मोडल किनुन् भनेर पुराना मोडलका आइफोन एप्पलले स्लो बनाउने गरेको आशंका र आरोप लगाउँदै आएका थिए।

केही दिनअघि ब्याट्रीको समस्यालाई कम गर्नका लागि आफूहरुले फोन स्लो बनाएको एप्पलले स्वीकारेको थियो।

सो कम्पनीले अब कम मूल्यमा ब्याट्री फेरिदिने र ब्याट्रीको अवस्थाको परीक्षण गर्ने सफ्टवेयर अर्को वर्ष जारी गर्ने पनि बताएको छ।

यो विषयमा एप्पलमाथि अमेरिकामा ८ मुद्दा परेका छन् भने फ्रान्स र इजरायलमा पनि मुद्दा परेका छन्। एजेन्सी

SHARE